• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयता रहे मुलुक कालोसूचीमा पर्न सक्छ : खत्री

"दोस्रो दिनको आन्दोलन "

  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले सङ्घीयता रहे मुलुक कालोसूचीमा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

    Advertisement

    सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको दोस्रो दिन २०८१ चैत २५ गते सोमबार चाबहिलमा सम्पन्न विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    ‘एक न एक दिन हामीले सङ्घीयतालाई नेपालबाट बिदा गर्नेछौँ’ उहाँले भन्नुभयो–‘जबसम्म सङ्घीयता देशमा रहन्छ, तबसम्म यही कारणले देश कालोसूचीमा पर्न सक्दछ ।’

    सम्बोधनको क्रममा उहाँले सङ्घीयता सत्रौँ शताब्दीको शासन प्रणाली रहेको बताउँदै यो प्रणाली नेपालमा मेल नखाने बताउनुभयो ।

    ‘सङ्घीयताका पक्षधर भनिरहेका छन्, सङ्घीयता सुनको लौरो हो, जसलाई घुमाउँदासाथ सबै कुरा ठिक हुन्छ तर त्यो सत्य होइन’ उहाँको भनाइ थियो ।

    देशमा युवाविद्यार्थीको विदेश पलायनले मलामी बोक्ने मान्छे नरहेको स्मरण गर्दै उहाँले अर्कोतर्फ सरकारले जनतामाथि कर थोपर्ने काम गरिहेको बताउनुभयो ।

    ‘एकातिर गाउँमा लास बोक्ने मलामी पाउन गाह्रो छ’ उहाँले भन्नुभयो–‘अर्कोतिर, जनतामाथि कर थोपरिँदै गर्दा देशको विकास खर्च घटिरहेको छ । यसरी हामीले तिरेको करको सदुपयोग भइरहेको छैन ।’

    उहाँले सङ्घीयता फाल्न नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘नेपाली जनताले सङ्घीयता लागु गर्ने सरकारलाई ठेगान लगाउँनैपर्छ नत्र सङ्घीयताका कारण देश टुक्रिन्छ ।’

    उहाँले सङ्घीयता फ्याक्नका लागि एकजुट हुन आम जनतासित अपिल गर्नुभयो ।

    सङ्घीयता विरुद्धका कुरा भुइँमान्छेले सुन्दैछन् : अधिकारी

    जनसभालाई सम्बोधन गर्दै राजमोका पूर्व केन्द्र्रीय सदस्य कृष्ण अधिकारीले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको कारण काठमाडौँका भुइँमान्छेले सङ्घीयताका कुरा सुन्न पाइरहेको बताउनुभयो ।

    ‘काठमाडौँ तीन हप्तापहिलेदेखि सङ्घीयता विरोधी आन्दोलनमा छ’ उहाँले भन्नुभयो–‘अहिले काठमाडौँका भुइँमान्छेले सङ्घीयता विरोधको कुरा सुनिरहेका छन् ।’

    अहिलेको सरकार बहिरोजस्तो भएको बताउँदै उहाँले शिक्षकहरूले चैत २० गतेदेखि आम हडताल गरिरहँदा नसुनेको बताउनुभयो ।
    ‘एकातिर बहिरो सरकारले शिक्षकको आन्दोलन सुनिरहेको छैन’ उहाँले भन्नुभयो–‘अर्कोतिर, लाइफलाइन मानिएको बुटवल–नारायणगढको अवस्था नाजुक छ । यस्ता धेरै जटिल समस्या राष्ट्रमा छन् ।’

    उहाँले गणतान्त्रिक सरकारको विरुद्ध पुनरुत्थानवादीद्वारा सडक र सङ्घर्षबाट हमला भइरहेको बताउनुभयो ।

    सङ्घीयताका कारण देश झन् कमजोर बन्दै : विश्वकर्मा

    सभालाई सम्बोधन गर्दै जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले सङ्घीयताका कारण देश झन्पछि झन् कमजोर बन्दै गइरहेको बताउनुभयो ।

    ‘सङ्घीयताका कारण देश झन्पछि झन् कमजोर बन्दै गइरहेको छ । भ्रष्टाचार मौलाइरहेको छ’ उहाँले भन्नुभयो–‘विदेशीसित ऋण लिएर सङ्घीयता धानिरहेको अवस्था नेपालको छ ।’

    उहाँले सङ्घीयता देशका लागि सही व्यवस्था नभएको स्पष्ट पार्दै आफूहरूले सङ्घीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनसहितको एकात्मक व्यवस्था कायम गर्न चाहेको बताउनुभयो ।

    उहाँले राजतन्त्रलाई फर्काउन खोज्नु भनेको मरिसकेको सिनुलाई ब्युताउँनुजस्तै भएको बताउनुभयो ।

    सङ्घीयताले ढुकुटी रित्याउँदैछ : पण्डित

    राजमो केन्द्र्रीय सदस्य पद्मा पण्डितले सङ्घीयताका कारण देशको ढुकुटी रित्याइरहेको बताउनुभयो ।

    उहाँले देशको सम्पूर्ण ढुकुटी सङ्घीयताका लागि खर्च भइरहेको बताउँदै त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

    राजमोनेतृ पण्डितले सङ्घीयता खारेज नगरे देश टुक्रा टुक्रा हुन सक्नेतर्फ सचेत गराउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, राजमो कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, महासचिव मनोज भट्ट र केन्द्रीय सल्लाहकार आनन्द शर्माको आतिथ्य रहेको थियो ।

    राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षता तथा अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा विशाल दर्लामीले ‘सङ्घीयताको अभिशाप’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले ‘छेकिन्न पाइला हाम्रो’ गीत तथा ‘देश जान थाल्यो’ र ‘उस्तै छ हामीलाई पिरलो’ शीर्षकका गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

    भव्य जुलुस सम्पन्न

    कार्यक्रमपूर्व बसुन्धरा र साप्रेढुङ्गाबाट बेग्लाबेग्लै जुलुस प्रदर्शन गरिएको थियो ।

    बसुन्धराको जुलुस चक्रपथ, धुम्बाराही हुँदै सुकेधारा आइपुगेको थियो भने साप्रेढुङ्गाबट निस्केको जुलुस बालुवाखानी, कपन ज्योतिनगर हुँदै सुकेधारा आइपुगेको थियो ।

    सुकेधारामा एकीकृत जुलुस निलोपुल, भण्डारी गार्मेन्ट, भृकुटीचोक, सरस्वतीनगर हुँदै चाबहिलमा पुगेर सभामा जुलुसमा परिणत भएको थियो ।

     

    सोमबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.