दाङ । दाङमा अखिल नेपाल महिला सङ्घको आयोजनामा एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
सङ्घकी केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष पूर्णिमा आचार्यको प्रमुख आतिथ्यमा २०८१ फागुन २४ गते शनिबार गढवामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले महिला सङ्घले पैत्रिक सम्पत्तिमा समान अधिकारका लागि लगातार आवाज उठाउँदै आएको स्मरण गराउनुभयो ।
विशिष्ट अतिथि अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोखरेलले महिला आन्दोलन वर्गीय आन्दोलन र नयाँ जनवादी क्रान्तिसितसित सम्बन्धित हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घ दाङका सचिव ठाकुर खनाल, राष्ट्रिय जनमोर्चा दाङका सदस्य दीनमणि आचार्य र राजमो जिल्ला सल्लाहकार गुणनिधि आचार्यले पनि मन्तव्य राख्नुभएको थियो ।
महिला सङ्घ गढवाका अध्यक्ष उमा पन्थीको अध्यक्षता तथा पालिका समितिका सदस्य बिमला खनालको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा स्वागत शिवा आचार्यले गर्नुभएको थियो ।