• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रलेसको सदस्यता र नेतृत्वको सन्दर्भमा पार्टी प्रतिबद्धता


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    केही दिनअघि सामाजिक सञ्जालमा एक जना साथीले जिज्ञासा राख्नुभयो– प्रगतिशील लेखक सङ्घ (प्रलेस) को सदस्य हुनका लागि कुनै पार्टीप्रति प्रतिबद्ध हुनुपर्दछ कि पर्दैन ? त्यसको केही दिनपछि (२०८१ माघ २६ गते) प्रलेस केन्द्रीय समितिले विचारगोष्ठीको आयोजना गऱ्यो । उक्त गोष्ठीमा दुईओटा शीर्षकमा तीनओटा कार्यपत्र प्रस्तुत भए : “आजको प्रगतिशील नेपाली साहित्यको अवस्था” शीर्षकमा विष्णु प्रभातले कार्यपत्र प्रस्तुत गरे । अर्को “वर्गीय प्रतिबद्धता, पार्टी प्रतिबद्धता र लेखकीय स्वतन्त्रता” शीर्षकमा रोशन जनकपुरी र रमेशप्रसाद भट्टराईले कार्यपत्र प्रस्तुत गरे । उपर्युक्त तीनओटा कार्यपत्रमा विभिन्न विद्वानहरूले टिप्पणी गरे । त्यसबाहेक हाउसबाट जिज्ञासा राख्ने काम भयो । त्यसले यस विषयमाथि थप छलफल हुन सक्यो ।

    सम्भवतः एक जना साथीको सामाजिक सञ्जालमा जिज्ञासा र सोही विषयको सेरोफेरो प्रलेसद्वारा विचारगोष्ठी आयोजना गरिनुमा कुनै नियमितता थिएन, सम्भवतः आकस्मिकता नै थियो होला । यस विषयलाई यही विराम दिऊँ ।

    २०८१ चैत २३–२४ गते प्रलेसको तेह्रौँ राष्ट्रिय सम्मेलन हुँदैछ । पछिल्ला सम्मेलनको सेरोफेरोमा पनि माथि उल्लेखित जिज्ञासा उठ्ने गरेका छन् । ललितपुरको च्यासलमा सम्पन्न प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलनमा सहभागी एक जना वरिष्ठ साहित्यकारले आफूले प्रलेसको नेतृत्व गर्न चाहेको र त्यसबारे तत्कालीन प्रलेस नेतृत्वसँग कुरा राख्दा वामपन्थी पार्टीको प्रमुखसँग कुरा गर्न भनिएको प्रसङ्ग सुनाउनुभएको थियो ।

    यो प्रसङ्ग यहाँ उल्लेख गर्नुको तात्पर्य यत्ति हो : प्रलेसमा सहभागिता वा त्यसमा नेतृत्वको सवाल खालि सामाजिक सञ्जालमा उठेको होइन, सम्मेलनजस्तो आधिकारिक निकायमा समेत उठ्ने गरेको छ । त्यसकारण यो नयाँ विषय भएन । फेरि पनि एक जना साथीले सामाजिक सञ्जालमा उठाएजस्तो प्रलेसको साधारण सदस्यसित मात्रै प्रस्तुत विषयवस्तु सीमित छैन, त्यससँगै पार्टीप्रति अप्रतिबद्ध सदस्यले प्रलेसको नेतृत्व गर्न पाउने कि नपाउने भन्ने विषयलाई समेत उपर्युक्त जिज्ञासाले छोएको छ भन्ने प्रष्टै देखिन्छ ।

    प्रलेसको सदस्यता प्राप्त गर्ने विषय सरल छजस्तो लाग्छ । प्रलेसको सदस्यता व्यक्तिगत रूपमा नै प्रदान गरिन्छ, संस्थागत रूपमा होइन । यो सत्य हो– सदस्यता वितरणमा धेरैजसो पहलकदमी कुनै पार्टीको तर्फबाट प्रलेसमा पठाइएका समितिबद्ध सदस्यले गर्ने गरेका छन् तर उनीहरूले त्यस्तो कार्य कुनै रानजीतिक पार्टीको सदस्यको हैसियतले होइन, प्रलेसको समितिबद्ध सदस्यको हैसियतले नै गरेका हुन्छन् ।

    प्रलेसको सदस्य हुनका लागि कुनै राजनीतिक पार्टी वा वामपन्थी पार्टीको सदस्य हुनु अनिवार्य छैन भन्ने सवालमा थप प्रष्टीकरण दिनु आवश्यक छजस्तो लाग्दैन । प्रगतिशील वा प्रगतिवादी रचना क्षमता भएका जोकोही स्रष्टा प्रलेसको सदस्य बन्न सक्दछ तर यहाँनेर प्रलेसमा नेतृत्व गर्ने विषय भने नितान्त फरक रहेको स्मरण गर्नुपर्ने हुन्छ ।

    आम रूपमा थाहा भएको विषय हो– प्रलेसको नेतृत्व आलोपालो प्रणाली अर्थात् वैकल्पिक विधिबाट चयन हुँदै आएको छ । केही अपवादबाहेक प्रलेसमा नेतृत्व दोहोराउने गरिन्न । पक्कै पनि त्यस क्रममा पार्टीका सांस्कृतिक सङ्गठनको भूमिका रहने नै भयो । खासगरी प्रलेसका साधारण सदस्यको बहुमत र वैकल्पिक प्रणाली—यी दुईको संयोजनबाट प्रलेसको नेतृत्व चयन हुने गरेको छ ।

    यहाँ प्रश्न उठाउन सकिन्छ : प्रलेसको नेतृत्व चयन गर्दा वामपन्थी पार्टीका सांस्कृतिक सङ्गठनको भूमिकालाई हटाइदिँदा के हुन्छ ? त्यसो गर्नु उचित हुन्छ कि हुँदैन ? सम्भवतः यस लेखको सुरुमा जुन सामाजिक सञ्जालमा उठाइएको जिज्ञासाबारे उल्लेख गरियो, त्यो यसै विषयसित सम्बन्धित छ भन्ने लाग्दछ ।

    प्रलेस प्रगतिशील स्रष्टाहरूको साझा मोर्चा भएको त्यसको विधानमा नै उल्लेख छ । त्यसको अर्थ यो हो– प्रलेसमा प्रगतिशील स्रष्टा नै रहन्छन् तर यसभन्दा बाहिर उनीहरू विशुद्ध प्रलेसको सदस्य नभएर कुनै प्रगतिशील वा प्रगतिवादी सांस्कृतिक सङ्गठनको सदस्य पनि रहने गरेका छन् । हालसम्मको इतिहासले बताएको छ : प्रलेसका नेतृत्वकर्ता यसअघि कुनै सांस्कृतिक सङ्गठनको जिम्मेवार नेतृत्व सम्हालेका स्रष्टा नै हुने गरेका छन् । यस विषयलाई अझ सरल रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ : कुनै सांस्कृतिक सङ्गठनले प्रगतिशील वा प्रगतिवादी चरित्र निर्माण गरिसकेको व्यक्तिलाई नै प्रलेसको जिम्मेवारीमा पठाउँछ । त्यसको विपरीत प्रलेसले तयार पारेको स्रष्टाले पार्टीनिकट सांस्कृतिक सङ्गठनको नेतृत्व गरेका उदाहरण केही अपवादको रूपमा बाहेक कमै छन् ।

    एकछिन विचार गरौँ । कुनै वापमन्थी पार्टीको सांस्कृतिक सङ्गठनमा नरहेका व्यक्तिलाई प्रलेसको नेतृत्व दिँदा के हुन्छ ? यस सन्दर्भमा दुई कोणबाट विचार गर्न सकिन्छ ।

    प्रथम– वैचारिक परिपक्वताको सवाल । कुनै पनि सांस्कृतिक सङ्गठनमा आबद्ध नभएको व्यक्तिको वैचारिक निरन्तरताको विषयमा कसरी विश्वस्त हुन सकिन्छ ? किनकि विचार परिवर्तनशील परिघटना हो । आजको प्रगतिशील स्रष्टा भोलिको रूढिवादी हुनु सम्भव छ : आजको रूढिवादी स्रष्टा भोलि रूपान्तरित भएर प्रगतिशील हुन सक्दछ । यता प्रलेसको नेतृत्वमा आउने स्रष्टा दृढ रूपमा प्रगतिशील वा प्रगतिवादी चरित्रको हुनु आवश्यक हुन्छ । यस्तो विश्वासको ग्यारेन्टी कसले दिन सक्दछ ? प्रष्टै छ, यस सवाललाई न त आधारहीन अवस्थामा छोड्न सकिन्छ, न त यस सवालमा कुनै अमूक व्यक्तिमाथि विश्वास गर्न सकिन्छ, न यो विषयवस्तुमा जुवा नै खेल्न सकिन्छ बरु यो विषयलाई वामपन्थी पार्टीका सांस्कृतिक सङ्गठनले नै जिम्मा लिन सक्दछ । अहिलेसम्म प्रलेसमा यही अभ्यास चलिरहेको छ ।

    द्वितीय– प्रलेस स्रष्टाहरूको सङ्गठन हो तर विशुद्ध वा अस्थायी प्रकृतिको कार्यक्रमिक आयोजक समिति होइन । प्रलेसका आफ्नै स्वायत्त साङ्गठनिक निकाय वा संरचना छन् । सङ्गठन परिचालनको लागि जनवादी केन्द्रियताजस्तो सुसङ्गत सङ्गठनात्मक प्रणाली छ । यसको घोषणापत्र, विधान, राष्ट्रिय सम्मेलन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्, सल्लाहकार समिति, प्रदेश समिति, जिल्ला समिति आदि संरचना छन् । माथिदेखि तलसम्मको यस्तो स्वायत्त सङ्गठनलाई सञ्चालन गर्न सङ्गठनात्मक क्षमता भएको वा त्यस्तो पद्धतिमा अभ्यस्त नेतृत्व आवश्यक पर्दछ । प्रष्ट छ, यस खालको विश्वसनीय नेतृत्व कुनै सङ्गठनले मात्रै उपलब्ध गराउन सक्दछ । सङ्गठनात्मक अनुशासनमा अभ्यस्त नभएका व्यक्तिले प्रलेसजस्तो सङ्गठनलाई नेतृत्व दिन सक्दैनन् किनकि सङ्गठनभन्दा बाहिरका कथित स्वतन्त्र व्यक्तिहरू सङ्गठनात्मक अनुशासन वा पद्धतिमा बस्न सक्दैनन् । उनीहरू अस्थिर, स्वच्छन्द र कुनै पनि बेला कसैले प्रभावित गर्न सक्ने हुन्छन् वा उनीहरू कसैको पक्षमा उपयोग हुन सक्ने सम्भावनासमेत त्यत्तिकै रहन्छ । त्यसैले यस क्षेत्रमा सङ्गठनभन्दा बाहिर रहेका कथित स्वतन्त्र व्यक्तिको भर पर्न सकिन्न ।

    उपर्युक्त दुई कारणले गर्दा प्रलेसमा जुन वामपन्थी पार्टीका सांस्कृतिक सङ्गठनलाई घटक सङ्गठनको रूपमा जसरी व्यवहार गरिन्छ, त्यसको औचित्य आफैमा स्पष्ट छ भन्ने देखिन्छ ।

    अहिलेसम्म प्रलेसको नेतृत्व वामपन्थी पार्टीका सांस्कृतिक सङ्गठनबाट आइराख्नुका बाबजुद अहिले यो विषय किन उठ्यो ? प्रलेसको सदस्य हुनका लागि कुनै अमूक पार्टीको सदस्य हुनुपर्दछ वा पर्दैन भनेर किन विषय उठान भयो ? यो गम्भीर विषय हो । यसतर्फ हामी सबैको ध्यान जानुपर्दछ ।

    प्रलेसद्वारा आयोजित माथि उल्लेखित विचारगोगठीमा रोशन जनकपुरीले यस विषयलाई प्रस्तुत गरेका छन् । उनको “वर्गपक्षधरता, पार्टी प्रतिबद्धता र लेखकीय स्वान्त्रता” विषयक आवधारणापत्रमा प्रश्न गरिएको छ : “…उनीहरूले मार्क्सवादी सर्जकहरू पार्टीसदस्य हुनैपर्ने पढेका छन् तर पार्टीहरू मार्स्सवादी वैचारिकताबाट अलग्गिए भने के गर्ने भन्ने प्रश्नको जवाफ उनीहरूसित छैन वा उनीहरू त्यस विषयमा सोच्नै चाहँदैनन् वा उनीहरू उदासिन रहन चाहन्छन् । यस्तोमा समाजवादी यथार्थवादप्रति मार्क्सवादी सर्जकहरूको साझा सहमती कसरी बन्छ ? बन्यो भने के त्यो मार्क्सवादी सर्जकको साझा मोर्चा हुनेछ वा अवसरवादी मोर्चा ?”

    प्रलेसमा नेतृत्व गरिसकेका विद्वान् जनकपुरीले आफूले उठाएको यस प्रश्नको जवाफ पनि आफैले दिएका छन् । उनले लेखेका छन्– “निश्चय नै मार्क्सवादी पार्टी क्रान्तिप्रति प्रतिबद्ध र वैचारिकताले लैस छ भने त्यस्तो स्थितिमा समाजवादी यथार्थवादी सर्जकको निम्ति पार्टीप्रति प्रतिबद्ध हुनु उनीहरूको दायित्वभित्र नै पर्छ तर यस्तो छैन भने स्थितिप्रतिको आलोचनात्मक अडान र यथार्थको आलोचनात्मक उद्घाटन पनि उनीहरूको समाजजादी यथार्थवादी सचेत दायित्वभित्र नै पर्छ ।”

    सर्वप्रथमतः यस तथ्यबारे स्पष्ट धारणा कायम गरिहालौँ : प्रलेस समाजवादी यथार्थवादलाई आत्मसात गर्ने सामाजिक चरित्रको साहित्यिक संस्था हो । यसले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दार्शनिक दृष्टिविन्दुको आधारमा समाजवादी यथार्थवादलाई आदर्श साहित्यिक सिद्धान्त ठान्दछ ।

    माथि उद्धृत दुईओटा उद्धरणबाट प्रष्ट हुन्छ : वास्तवमा वामपन्थी पार्टीहरूले मार्क्सवादी वैचारिकता छोडेको निष्कर्षको कारणले नै प्रलेसमा पार्टी प्रतिबद्धतासम्बन्धी विवाद उठाइएको छ । त्यसको अर्को अर्थ यो पनि हो : यदि नेपालका वामपन्थी पार्टीहरूले मार्क्सवादी वैचारिकता परित्याग नगरेको भए यो अवस्था उत्पन्न हुने थिएन । त्यसो भए समस्याको समाधान के हो त ?

    मार्क्सवादी वैचारिकताको रक्षाको सवाल सम्बन्धित पार्टीसित सम्बन्धित छ भन्ने तथ्यबारे यहाँ चर्चा गरिरहनु नपर्ला । जुन राजनीतिक पार्टीमा यस खालको समस्या छ, त्यसबारे त्यही पार्टीका पार्टीसदस्यले समस्या समाधानमा भूमिका खेल्न सक्नेछन् । प्रलेसले आफ्ना सदस्यहरूलाई कुनै अमूक पार्टीको पार्टीसदस्य हो भनेर ठोकुवा गर्न सकिँदैन । प्रलेसको सदस्यमा प्रगतिशील वा प्रगतिवादी साहित्यिक चरित्र रहँदासम्म ऊ प्रलेसको सदस्य रहनेछ भने कुनै वामपन्थी पार्टीको सदस्य सो पार्टीको विधानअनुसार चल्दासम्म रहनेछ । त्यसकारण प्रलेसका सदस्यले कुनै वापमन्थी पार्टीको मार्क्सवादी वैचारिकतामा शुद्धता वा त्यसको ग्यारेन्टी लिन सक्दैन बरु एउटा मार्क्सवादी स्रष्टाले प्रलेसको प्रगतिशील वा प्रगतिवादी चरित्रसुधारको ग्यारेन्टी अवश्य पनि लिन सक्दछ । यो विषय प्रलेसभित्रको विषय हो भने अर्को विषय वामपन्थी राजनीतिक पार्टीको हो । त्यसैले यी दुई नितान्त फरक विषयलाई आपसमा गोलमटोल पारिनुहुँदैन भन्ने प्रष्ट छ ।

    प्रलेसका प्रत्येक सदस्य आफ्नो प्रगतिशील वा प्रगतिवादी साहित्यिक चरित्रमा कायम रहँदासम्म प्रलेसको सदस्य रहिरहन्छ । तबसम्म उसले प्रलेसको समाजवादी यथार्थवादी साहित्यिक चरित्रको रक्षाका लागि काम गर्ने छ र गर्नु पनि पर्दछ । यदि प्रलेसको कुनै सदस्य कुनै वामपन्थी पार्टीको पनि सदस्य छ भने र सो पार्टी मार्क्सवादी वैचारिकताबाट स्खलित हुँदै गइरहेको छ भने त्यसका विरुद्ध सोही पार्टीमा रहेर सङ्घर्ष गर्नु वा फरक पार्टीबारे सोच्नु उसको कर्तव्य र अधिकार दुवै हो तर उसले यस्तो प्रयास प्रलेसको सदस्यको हैसियतले होइन, सम्बन्धित पार्टीको पार्टीसदस्यको हैसियतले गर्नेछ ।

    पक्कै पनि प्रलेसको सदस्य सचेत मार्क्सवादी स्रष्टा हो । यस पृष्ठभूमिमा उसले मार्क्सवादी वैचारिकताको रक्षाका लागि भूमिका खेल्नैपर्दछ तर त्यस्तो गर्ने बेलामा प्रलेस र वामपन्थी पार्टीको पृथक् अस्तित्वलाई उसले स्वीकार गर्नुपर्दछ र विषयवस्तुलाई अनावश्यक रूपमा छ्यासमिस गर्नुहुँदैन । यस्तो प्रयासको कुनै सार्थक परिणाम प्राप्त हुने छैन ।

    २०८१ फागुन १८ गते आइतबार
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.