बसन्तराज गोराथोकी, खलङ्गा ।
प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नं. ५ मच्छीस्थित गौमुखी क्याम्पसमा अखिल (छैठौँ) को एकाइ समिति गठन भएको छ ।
अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा अखिल (छैठौँ) प्युठानका पूर्व अध्यक्ष चोपबहादुर विकको प्रमुख आतिथ्य एवम् अखिल (छैठौँ) प्युठानका कोषाध्यक्ष सबिर बस्नेतको विशिष्ट आतिथ्यमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विकले विद्यार्थी राजनीति, देशको शैक्षिक अवस्था, अखिल (छैठौँ) को इतिहास, विद्यार्थी आन्दोलनको बारेमा जानकारी दिँदै सम्पूर्ण क्याम्पसका विद्यार्थी साथीहरू सङ्घीयता विरुद्ध चैत २४–३० गते हुन लागेको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभयो।
भेलाले प्रविन जिसीको अध्यक्ष रहनुभएको २५ सदस्यीय एकाइ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा नेगन खत्री, सचिवमा सङ्गीता विक, सहसचिवमा शुष्मा खड्का र कोषाध्यक्षमा शीतल पोख्रेल रहनुभएको छ ।
त्यस्तै, सदस्यमा आकृति बस्नेत, सुशीला केसी, सङ्गीता जिसी, समीक्षा पोखरेल, सुवास महतरा, रञ्जिता एमसी, पार्वता केसी, भावना केसी, मञ्जु पुरी, सुनिता केसी, सपना मगर, कल्पना केसी, सिर्जना खत्री, सम्झना पोखरेल, रिया पोखरेल, पवित्रा रोकामगर, अनुपा बुढामगर, बिजुला केसी, तारा केसी र नरेन्द्र जिसी रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौँ) का नेता तथा गौमुखी क्याम्पसका स्ववियु सदस्य रबिन विकले गर्नुभएको थियो ।