पोखरा । कास्कीको पोखरामा राष्ट्रिय जनमोर्चाले सङ्घीयता विरुद्ध हस्ताक्षर अभियानसँगै कोणसभा सम्पन्न गरेको छ ।
अभियानको तेस्रो दिन २०८१ माघ १८ गते शुक्रबार अमरसिंह चोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालको नेतृत्वमा अघि बढेको सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष केबी थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नमबहादुर बाठा, अखिल नेपाल जनजाति सम्मेलनका गण्डकी प्रदेश संयोजक डम्मरबहादुर थापा, राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, नेकपा (मसाल) कास्की जिल्ला पूर्व प्रवक्ता चन्द्रबहादुर केसी र अखिल नेपाल बुद्धिजीवी सङ्घ कास्कीका अध्यक्ष प्रवीण पौडेलले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) कास्कीका अध्यक्ष गङ्गा थापा, जातीय समता समाजका कास्कीका अध्यक्ष विष्णुबहादुर विक, समता समाजकै प्रेम विक, अखिल नेपाल महिला सङ्घ कास्कीकी अध्यक्ष जमुना खत्री, महिला सङ्घकै उपाध्यक्ष शान्ति गुरुङ, र अखिल (छैठौं) कास्कीका अध्यक्ष सोमनाथ अधिकारीलगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सञ्चालन राजमो नगर समितिका अध्यक्ष विष्णु पुरीले गर्नुभयो ।