• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

रिडी मेलाको मुख्य आकर्षक घरेलु सामग्री


  •   आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघे सङ्क्रान्तिका अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरु किनमेल गर्न आउनेहरुको घुइँचो लागेको थियो ।

    Advertisement

    हजारौँ मानिसहरुको उपस्थित रहने यस मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्लालगायत वस्तुहरुको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कुँदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरुको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।

    रिडी मेलामा बाग्लुङको ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिस राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि बर्सेनि आउने गरेका छन् । यसपटक पनि उनीहरुले यो व्यवसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कुसजुले बताउनुभयो । “उनीहरु मेलामा समूहहरु बनाएर आउने र एक सातासम्म बसेर सामान बिक्री गरी घर फर्कने गर्दछन्”, उहाँले भन्नुभयो ।

    वर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरु सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामीग्रहरु बिक्री गरेर घर खर्च चलाउने गरेको पूर्वी रुकुमबाट रिडी आइपुग्नुभएका ५५ वर्षीय मानबहादुर विकले बताउनुभयो । विगतका वर्षमाभन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उहाँले बताउनुभयो । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्री हँसिया, कोदालो, खुकुरी, बञ्चरोलगायत सामग्रीको पनि यसपटक राम्रो व्यापार भएको उहाँले बताउनुभयो ।

    बाग्लुङको जलजलादेखि ल्याएका निगालो र बाँसबाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेको पनि उत्तिकै भीड लागेको थियो । ग्रामीण क्षेत्रमा यी वस्तुहरुको उपयोग बढी हुने भएका कारण मानिस यस्ता वस्तु खरिदका लागि रिडी मेलामा आउने गर्दछन् । पछिल्लो समय बजारमा आएका तयारी वस्तुहरुले पुराना हस्तकलाका सामग्रीको बिक्री कम हुँदै जान थालेको व्यापारका लागि रिडी आइपुग्नुभएकी रुकुमकी मनकली श्रीपालीले बताउनुभयो । हातबाट बुनेका कम्बल, काम्लो र राडीपाखीहरुको मूल्य केही महँगो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उहाँको भनाइ छ ।

    यस्ता प्रकारका सामग्री खरिद गर्नेमा अधिकांश पाकापुस्ताका मानिस बढी देखिने गरेका छन । घरेलु उत्पादित हस्तकलाका सामग्रीको विशेषता र महत्व बुझेका मानिसले यस्ता वस्तु खोजीखोजी किनेर लैजाने गरेको स्थानीय अशोक श्रेष्ठले बताउनुभयो । रिडी मेलामा रुरु क्षेत्रको दर्शनसँगै घरेलु सामग्री खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाडौँदेखि मानिसहरु आउने गर्दछन् ।

    उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस् क्लब रिडीको संयुक्त आयोजनामा रुरु क्षेत्रमा माघ १ गतेदेखि छ दिनसम्म धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित रिडी मेलाको आयोजना गरिएको थियो ।

    आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.