केरसिंह अदै, तौलिहवा ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा राष्ट्रिय जनमोर्चाको तेस्रो वडा भेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८१ माघ ४ गते शुक्रबार सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।
भेलाले बेगम बुढामगर अध्यक्ष रहनुभएको १५ सदस्यीय वडा समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा ज्ञानबहादुर थापा, सचिवमा तारादेवी घर्ती, कोषाध्यक्षमा अजय अधिकारी तथा सदस्यमा हरिबहादुर सुनार, उजिल गिरी, बुदै थारू, रामबहादुर बुढाथोकी र जमिर उल्ला रहनुभएको छ ।
वैकल्पिक सदस्यमा रिसपाल विक, हुमबहादुर कुँवर र सल्लाहकार तिलक गैरे, भूवन खनाल, देवा जिसी र प्रेमप्रसाद आचार्य रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै अदैले देशमा सङ्घीयता विरुद्ध विस्तारै विस्तारै वातावरण बन्दै गएको बताउनुभयो ।

त्यस क्रममा सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न जिल्लाव्यापी सङ्गठनात्मक अभियान प्रचारात्मक तथा आर्थिक अभियान सफल पार्न गाउँटोल टोलसम्म लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जातीय समता समाज कपिलवस्तुका अध्यक्ष दिलबहादुर विक र समता समाज शिवराज नगर अध्यक्ष मोहन विकले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलाको सञ्चालन हरि सुनारले र स्वागत अखिल नेपाल युवक सङ्घ कपिलवस्तुका सचिव अजय अधिकारीले गर्नुभएको थियो ।
भेलापछि बसेको प्रथम बैठकले टोल समिति गठन गर्ने, राजमोको सदस्यता वितरण गर्ने र सङ्घीयता विरुद्ध घोषित कार्यक्रम सफल पार्नेलगायतका निर्णय गरेको समितिका अध्यक्ष बुढामगरले जानकारी गराउनुभयो ।