नयाँदिल्ली । भारतीय कम्युनिस्ट पार्टी (माले) मासलाइननिकट अखिल भारत एकीकृत किसान सभा (ए.आई.यू.के.एस.) ले झारखण्डमा जनप्रदर्शन गरेको छ ।
Advertisement
भारतस्थित किसानको समस्या समाधानको विषयलाई लिएर जनवरी ९, २०२५ तदनुसार २०८१ पुस २५ गते दिउँसो १ बजे सो प्रदर्शन गरिएको हो ।
किसान सभाको जिल्ला समितिको आयोजनामा अगाडि बढेको उक्त कार्यक्रममा झारखण्डको पलामू प्रमण्डल मुख्यालय मेदिनीनगरमा आयोजना गरिएको थियो ।
प्रदर्शनकारीले भगतसिंह चोकदेखि उपायुक्त कार्यालयसम्म जुलुस प्रदर्शन गरेका थिए ।
कार्यक्रमकै माझमा प्रदर्शनकारीले भगत सिंहको स्मारकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा किसानसभाका प्रदर्शनकारीले जिल्ला उपायुक्तमार्फत् भारतका राष्ट्रपतिलाई आफ्ना मागपत्र हस्तान्तरण गरेका थिए ।
