दिनेस रैदास, दाङ ।
दाङ राप्ती–१ कोे नमुना टोल र नयाँ बजारमा राष्ट्रिय जनमोर्चाकोे टोल समिति गठन भएको छ ।
अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलकोे उपस्थितिमा २०८१ पुस २३ गते मङ्गलबारका दिन आयोजित भेलामाझ सो समिति गठन गरिएको हो ।
नमुना टोलमा पाण्डे
भेलाले विक्रम पाण्डे अध्यक्ष रहनुभएको नौ सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा टोपकुमारी महतरा, सचिवमा चेतनाथ बस्नेत र कोषाध्यक्षमा कृष्णप्रसाद खनाल चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यमा रामप्रसाद खनाल, रामबहादुर पुन, हरि खड्का, कृपासिंह पुन र शाजिया निशा तथा सल्लाहकारमा ऋषिराम बस्नेत, ऋषिराम खनाल र मानबहादुर जिसी चयन हुनुभएको छ ।
नयाँबजार टोलमा रोका
त्यस्तै, राजमोको पाँच सदस्यीय नयाँबजार टोल समितिको अध्यक्षमा निर्मला रोका चयन हुनुभएको छ ।
समितिको सचिवमा लक्ष्मी शाही खड्का, कोषाध्यक्षमा सीता नगरकोटी, सदस्यमा हुमादेवी मास्के र माया श्रेष्ठ तथा सल्लाहकारमा बाबुराम थापा र विपुल केसी रहनुभएको छ ।
भेलाको सञ्चालन बाबुराम थापाले गर्नुभएको थियो ।
