खुम रायमाझी, कुवेत ।
Advertisement
कुवेतबाट काठमाडौँ आउँदाआउँदै एक नेपाली श्रमिकको आकाशमै मृत्यु भएको छ ।
हिमालयन एयरको उडान नम्बर एच९५७२ विमानमा सवार मकवानपुर स्थायी ठेगाना भएका ३९ वर्षीय दिनेश थापाको हृदयघातका कारण मृत्यु भएको हो ।
विमानले बिहीबार स्थानीय समयअनुसार २ः३४ बजे उडान सुरु गरेको थियो । दुई घण्टामै थापाको स्वास्थ्यमा समस्या देखिएपछि ओमनको मस्कट विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो ।
यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई मस्कटबाट कुवेततिरै फिर्ता गरिएको थियो ।
पारिवारिक स्रोतका अनुसार थापा कलेजोमा समस्या रहेको र थप उपचारका लागि नेपाल आएका हुन् ।
मृतकलाई मेडिकल प्रकृया पूरा गर्न कुवेतमा छोडेर काठमाडौँ ल्याउने तयारी भइरहेको बुझिएको छ ।