काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई घुस रकमसहित पक्राउ परेका छन्।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।
उनले पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आइतबार नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले बताए।