बुटवल । नेकपा (मसाल) रुपन्देहीले एक सय बत्तिसौँ माओजयन्ती मनाएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८१ पुस ११ गते (डिसेम्बर २६, २०२४) का दिन राजमो क्षेत्रीय कार्यालय बुटवलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै अध्यक्ष केसीले माओत्सेतुङको विचारले मात्रै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिने बताउनुभयो ।
नेपालमा माओको नाममा राजनीतिक विकृति देखा परेको बताउँदै उहाँले मसालले मात्रै माओको सिद्धान्तलाई सही रूपमा अगाडि बढाएको दाबी गर्नुभयो ।
मन्तव्यको क्रममा उहाँले माओका चीन तथा अन्तर्राष्ट्रिय जगतमा पुर्याउनुभएका योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि राजमो महासचिव मनोज भट्टले लिखित रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क. माओको योगदान विषयक धारणा प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य राजेश विश्वकर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको पनि आतिथ्य रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्तले, स्वागत मन्तव्य हेमलाल न्यौपानेले र सञ्चालन राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले गर्नुभएको थियो ।
