दिनेश रैदास (दाङ)
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङ जिल्ला समितिको आयोजनामा भएको तीन दिने जिल्ला स्तरीय सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा २०८१ मङ्सिर ३० गते आईतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण दिँदै आचार्यले विद्यार्थी जिवन, नेपालको वर्तमान शिक्षाको स्वरूप र अखिल (छैंठौ) कोे भूमिका, राजनैतिक व्यवस्था, वैज्ञानिक र जनवादी शिक्षा र सङ्घीयताको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको तेस्रो दिनमा सहभागी प्रशिक्षार्थीकोे तर्फबाट अखिल (छैंठौ) दाङ जिल्ला कोसाध्यक्ष तुलसीराम भण्डारी, स्वर्णिम थापा र मनिषा भण्डारीलगायतले मन्तव्य राख्नु भएको थियो ।
अखिल (छैंठौ) दाङ जिल्ला अध्यक्ष सेवक भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन जिल्ला सचिव दिनेश रैदासले गर्नुभएको थियो ।