धरान । सुनसरी प्रहरीले गोली चलाएर गाँजा सहितका दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।
Advertisement
धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको छ।
दुई गाडीका चालक मध्ये एकजना पक्राउ परेका छन् ।
धनकुटाबाट गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।