• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । मङ्सिर १६ गते आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको थप नतिजा आउने क्रम जारी छ ।

    Advertisement

    मोरङको ग्रामथानमा माओवादी केन्द्र

    मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझीले ६,९६९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका बलराम सरदार थारूले ५,३३३ मत ल्याउनुभएको थियो ।

    गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

    बर्दियाको ठाकुरबाबा–४ मा काङ्ग्रेस

    बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार अमिन थारूले १,०४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ६७८ मत प्राप्त गर्नुभएको थियो ।

    जाजरकोट नलगाडको उपप्रमुखमा माओवादी केन्द्र

    जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवका लामिछानेले ४,२७२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले ३,१४७ मत प्राप्त गर्नुभएको थियो ।

    उदयरपुरको त्रियुगा–१२ मा माओवादी केन्द्र

    उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नवीनकुमार बान्तवा राईले ९२३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गर्नुभएको थियो ।

    काठमाडौँ–१६ मा रास्वपा

    काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठले २,९०९ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मीरत्न महर्जनले २,२२० मत प्राप्त गर्नुभएको थियो ।

    काङ्ग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

    कीर्तिपुर–१ मा काङ्ग्रेस

    काठमाडौँकै कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका इच्छाकुमार महर्जनले ५६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का हर्ष महर्जनले ४९८ मत प्राप्त गर्नुभएको थियो ।

    महोत्तरीको रामगोपालपुर–२ मा एमाले

    महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले) का सकिबुल खाँले ६३१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) की आइतीकुमारी यादवले ५३४ मत प्राप्त गर्नुभएको थियो ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.