काठमाडौं । काठमाडौंको शंखरापरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । कार चालक झाँक्री प्रकाश भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार शंखरापुर नगरपालिका ९ स्थित शाखु–थली सडकखण्डमा उनले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका थिए ।
थलिबाट साँखु तर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा १९ च २६९५नम्बरको कारले सोहि दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका अन्दाजी ३८ वर्षीय नारायण नगरकोटी र मोटरसाइकलको पछाडी बसेकी उनकी श्रीमती अन्दाजी ३२ वर्षीया किसानुमाया नगरकोटी घम्भीर घाइते भएका छन्।
दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जना बोल्न नसक्ने अवस्थामा छन्।
घाइतेहरुलाई तत्काल नारायणटारस्थित शंखरापुर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि दुवै जनालाई ग्राण्डी अस्पताल टोखा लगिएको छ।
दुर्घटनापछि झाँक्री भुजेल कार घटनास्थलमै छाडेर फरार भएका थिए। उनलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।