• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मूल प्रवाहद्वारा भारतमा विचल्लीमा परेका नेपालीलाई राहत वितरण


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • धनबीर पुन, नयाँ दिल्ली ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न ठाउँमा बेखर्ची भएर अलपत्र परेका नेपालीहरुलाई राहत वितरण गरेको छ ।

    Advertisement

    कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनले प्रवासमा रहेको धेरै नेपाली मजदुरहरु समस्यामा परेका छन् । मूल प्रवाहका नेता कार्यकर्ताहरुले राहत संकलन गरी अलपत्र नेपालीहरुलाई राहत उपलब्ध गराएका हुन् ।

    पुणे । मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पुना नगर समितिद्वारा सञ्चालित विमाननगर एरिया समितिद्वारा बिचल्लिमा परेका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई राहत वितरण गरिएको छ ।

    पुणेको विमान नगरमा कैलाली जिल्लाका ६ घर परिवारलाई ४ हजार बराबरको खाद्यान्न सामाग्रीहरु वितरण गरिएको छ । पुनाकै बिमाननगरमा पनि कैलालीका १० घरपरिवारलाई ७ हजार नगद बराबरको खाद्यान्न सामग्री वितरण गरिएको छ ।

    यस्तै, उत्तर प्रदेशको पलियामा बिचल्लिमा परेका सुर्खेतका १२ जना पीडितहरुलाई गुगलपे मार्फत नगद रु ३ पठाएर मूलप्रवाहले सहयोग गरेको छ ।

    यसअघि पिंपिरी, चिंचोवड, निगिडीमा सुर्खेत र कैलालीका २० घरपरिवारलाई ८ हजार बराबरको खाद्यान्न राहात सामान वितरण गरिएको छ । राहात संकलन र बितरणका लागि कृष्ण प्रसाद अधिकारी र रामबाजि लगायतका नेता कार्यकर्ताहरुले पहल गर्नुभएको थियो ।

    चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिले थाउजन लाइटसमा रहेका नेपाली श्रमिकहरुलाई राहात प्रदान गरेको छ । होटलमा काम गर्ने कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनले गर्दा बन्द कम्पनीमा शरण लिइरहेका रोल्पा र प्युठानका श्रमिक तथा गोपालपुरममा घरयासी काम गर्ने महिला बेरोजगार भै साथीको कोठामा सरण लिएर नुङगामवाक्कुममा बस्दै आएकी एकल महिलालाई राहत स्वरूप सहयोग पुर्याइएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर अध्यक्ष उमानन्द आचार्यको उपस्थितिमा नगर सदस्य तेजेन्द्र थापाको सहयोग र नगर समितिको कोषबाट राहत वितरण गरिएको हो ।

    भारतमा अलपत्र २१ हजार नेपालीको नामावलीसहित मूलप्रवाहले पठायो प्रधानमन्त्रीलाई ज्ञापन

    चंडीगढ़ । यता, चंडीगढमा पनि अलपत्र नेपाली समूदायलाई मूल प्रवाहले राहत वितरण गरेको छ । नेपाली श्रमजीवी मजदुरहरुलाई थोरै भए पनि राहात पुर्याउने उद्धेश्यले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिका कार्यकर्ताहरूले स्वेच्छिक सहयोग संकलन गरि ४२ परिवारका करिव २०० जनालाई राहात वितरण गरिएको छ ।

    ४२ परिवारलाई प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन, ५०० ग्राम सोयाविन वडि, २ किलो आलु, २ केजी हरियो शव्जीहरु रहेको किट चण्डीगढ स्थित किसनगढ़, सेक्टर २८, कजहेडी, खुट्टे दौरा तथा सेक्टर १५ मा वितरण गरिएको हो । मूल प्रवाहका नगर अध्यक्ष मान बहादुर केसीको उपस्थितिमा सो राहत हस्तान्तरण गरिएको थियो ।

    त्यसैगरि सोही नगर समिति अन्तर्गत मोहाली एरियाको फेस ९ मा संगठनका केन्द्रीय सदस्य दिनेश खड़का र नगर उपाध्यक्ष वालाराम न्यौपानेको विशेष सहयोगमा स्थानीय मेयरसँग सहकार्य गरि नेपाली श्रमिकहरुलाई राहात सामाग्री दिलाइएको छ । ९ परिवारका करिव ५० जनालाई विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

    जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरले आर्थिक अभावसँग जुधिरहेका नविन घर्तीलाई २० हजार ४०० नगद सहयोग गरेको छ ।

    जालन्धर अन्तर्गत जेपी नगरमा नवीन घर्ती सिकिस्त बिमार भएको र उपचारका लागि आर्थिक अभाव भएको जानकारी मूल प्रवाह नगर समिति जालन्धरमा प्राप्त हुनासाथ नगर समितिका कार्यकर्ताहरुले उनको आर्थिक अवस्थालाई छानविन गरेका थिए । तत्पश्चात नगर समितिका कार्यकर्ताहरुले आर्थिक संकलन गरि २० हजार ४०० नगद सहयोग गरेका छन् । नवीन घर्ती बाग्लुङका अनिल घर्तिका छोरा हुन् । हाल उनको उपचार चलिरहेको छ ।

    यसैगरी लकडाउनको दौरानमा भुवन पोखरी पाल्पा निवासी श्रीमती सुमित्रा देविको उपचारको क्रममा मृत्यु भएकोमा मूलप्रवाहका एरिया अध्यक्ष तिलबहादुर थापाको नेतृत्वमा आर्थिक सङ्कलन गरि परिवारका सदस्यलाई सहयोग गरिएको छ ।

    मूल प्रवाहले भन्योः आफ्ना नागरिकलाई विदेशमै रोकिरहनु अमानवीय

    त्यसैगरि इन्डस्ट्रीयल एरियामा लकडाउनको कारण विभिन्न परिवारहरुमा खाद्यान्नको अभाव देखापरेपछि इन्डस्ट्रीयल एरिया समितिका अध्यक्ष हिम प्रसाद सुनामको नेतृत्वमा दर्जनौं पीडित परिवारहरुलाई आवश्यक खाद्यान्न वितरण गरिएको छ ।

    राहात बितरणका लागि नगर समितिका अध्यक्ष जितमान थापा, सदस्य, सल्लाहकार र जेपी नगर एरिया अध्यक्ष शेरबहादुर पुन, बावाखेल एरिया समितिका तिल बहादुर थापा मगर र सिटि एरियाका अध्यक्ष मधुकर भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहयोग रहेको थियो ।

    आपतको समयमा ज्यानको प्रवाह नगरी राहत जुटाउन र वितरणका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरु नेपाली श्रमजिवीहरुलाई पर्न गएको समस्याप्रति सजग र सतर्कता अपनाउँदै समाधानका लागि जुटिरहेका छन् । नेपाली समूदायको समस्या समाधान गर्न आफूहरु लागि परिरहेको मूलप्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालले बताउनुभएको छ ।

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.