खलङ्गा । राष्ट्रिय जनमोर्चा नौ बहिनीले विभिन्न मागसहित प्युठानका सबै गाउँपालिकामा २१ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
Advertisement
नौ बहिनीका राजमो पालिका अध्यक्ष हर्कबहादुर पुनको नेतृत्वमा पुगेको १५ सदस्यीय प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र बुझाएको हो ।
राजमोको देशव्यापी संघर्षको कार्यक्रम अनुसार एकै दिन प्युठानका सबै पालिकामा बुझाइएको छ ।
राष्ट्रियता, गणतन्त्रलगायत स्थानीय विकास, शुसासन, भ्रष्टाचार आदी विषयको साथै जनताका जल्दाबल्दा समस्याहरूसमेत समेटेर ज्ञापनपत्र बुझाईएको थियो ।
