परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको बर्दघाट–५ बन्डाघोलामा अखिल नेपाल महिला सङ्घले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
प्रशिक्षणसहित २०८१ भदौ १८ गते मङ्गलबार महिला संघ बर्दघाट नगर समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उहाँले उपस्थित महिलाहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदी र नेकपा (मसाल) नवलपरासीका प्रवक्ता रेम रानाले शुभकामनासहित समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
नगर अध्यक्ष शोभादेवी लामिछानेको अध्यक्षता तथा यमुना थापाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य सरिता लामिछानेले राख्नुभएको थियो ।
कार्यक्रममा प्रगतिशील तिज गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।