प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले विभिन्न राष्ट्रिय तथा स्थानीय तहका समस्याबारे सम्बन्धित तहलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
Advertisement
भदौ १० गते बसेको राजमो, प्युठान जिल्ला समितिको बैठकले केन्द्रसहित जिल्लाका ९ वटै पालिकालाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।
त्यसैअनुसार राष्ट्रिय समस्याहरूबारे भदौ १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र सरकारलाई र भदौ २७ गते नौवटै पालिकालाई ज्ञापन पत्र बुझाउने राजमो प्युठानले जनाएको छ ।
यस्तै, असोज १५ गतेसम्म जिल्लाका सबै वडामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला इन्चार्ज कृष्ण खड्का, प्रदेश अध्यक्ष बोमबहादुर खत्री तथा सल्लाहकार सुरेस थापाको उपस्थिती रहेको थियो ।