दिनेश रैदास, दाङ ।
Advertisement
तुल्सीपुरबाट बुटवलतिर जाँदै गरेको लु२ च४७५० नं महेन्द्र पिकअप गाडीले पूर्वतिर गइरहेको रा४ प५३४८ नम्बरको बाइकलाई ठक्कर दिँदा दुई जनालाई घाइते भएका छन् ।
घटनाबाट रुकुम पश्चिम मुसिकोट बस्ने वर्ष ३० दलबहादुर खड्का र बाइक सवार यातायात व्यवस्था कार्यालय बुटवलका छैटौँ अधिकृत खगराज उपयाध्य गम्भीर घाइते भएका छन् ।
घाइते दुवैको घटना स्थलबाट उद्धार गरी स्वास्थ्यचौकी सिसहनिया लगी प्राथमिक उपचार भएको थियो ।
मोटरसाइकिल चालक खड्कालाई सामान्य चोट छ भने उपाध्यायलाई टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि बुटवल रिफर गरिएको चिकित्सकले बताएका छन् ।
ठक्कर दिने गाडी र चालकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक अमर माझीले जानकारी गराउनुभयो ।