काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।
Advertisement
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएका हुन् ।
नेपाली काङ्ग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र तामाङ ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा भएका हुन् । उनीहरूको आजै शपथ हुने छ ।
यो विस्तारसँगै वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ ।