१८८० को दशकलाई संसारमा पूँजीपति र मजदुरका बिचको अन्तरविरोधको उत्कर्ष रहेको दशकका रूपमा बुझ्न सकिन्छ । विश्व साम्राज्य फैलाईरहेको अमेरिका भित्र नै त्यसप्रकारको अन्तरविरोध रहेको पाईन्छ । त्यही अन्तरविरोधका कारण सिकागोका मजदुरहरूको सम्झौता हिन संघर्षको परिणाम स्वरूप त्यहाँको सरकार र पूँजीपती वर्ग मजदुरलाई दिनमा ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन्को माग पूरा गर्न र त्यसलाई कानूनी मान्यता दिन मन्जुर भएको हो ।
त्यो आन्दोलनले सन् १८८० को दशकको अन्त सम्ममा अन्तराष्ट्रिय रूप लिईसकेको थियो । यो संस्थागत रूपमै विश्वब्यापी बनिसकेको थियो । त्यसैको फलस्वरूप सन १८९० मे १ बाट संसार भरिका मजदुरहरूले बिजय उत्सवका रूपमा यो दिवसलाई मनाउने परम्परा बनेको हो । शुरूमा यो मार्क्सवादी बिचारधारा राख्नेहरूले मनाउँथे भने बिस्तारै बिस्तारै यो दिवस त्यो भन्दा फरक बिचारधारा राख्नेहरुले पनि मनाउन थाले ।
अहिले आएर पूँजीबादी शासन प्रणाली भएका देश र अन्य देशका सासकहरूले नै मानव अधिकारको दुहाई दिँदै मजदुर दिवश मनाउने, सार्वजनिक बिदा दिने र आफू मात्रै मजदुर वर्गको अभिभावक हो भन्ने देखाउन खोजी रहेको पाईन्छ । यसले के स्पष्ट हुन्छ भने कम्युनिस्ट बिचारधारा माथि प्रहार गर्न मजदुरहरूको आवाजको प्रतिधित्व गर्न खोजेको देखिन्छ । तर असलियत त्यो होईन, असलियत त कम्युनिष्ट बिचार धारा माथिको घुमाउरो प्रहार हो । यसर्थ यो अन्तरबिरोध समाप्त भएको छैन र वर्गीय समाजको अस्तित्व रहने बेलासम्म यो अन्तरविरोध रहिरहन्छ ।
पछि १९ औं शताब्दीको सुरूवातसँगै रूसमा क्रान्तिकारी मुभमेन्ट शुरू भयो र १९१७ मा रूस त्यहाँको जारशाही सत्ताबाट मुक्त भयो । त्यहँ लेनिनको नेतृत्वमा क्रान्ती सम्पन्न भयो र समाजबादी शासन ब्यबस्था स्थापना भयो । लेनिनबादीहरूले आफ्ना हरेक कामलाई सिलसिलेबार तरिकाले एउटा पद्धतीमा ढालेर गरे र त्यही अनुशासनले त्यहाँको राज्यसत्तालाई ध्वस्त पार्न सफल भए । पछि त्यो लहर विश्वका एकतिहाई देशहरूमा पुग्यो र सासन सत्ता जनताको कायम रह्यो ।
सबै देशले आफ्नो देशको अवस्थाको आधारमा राज्य ब्यबस्था सञ्चालन गरे । रूसले समाजबादी ब्यबस्था अपनायो भने चीनले नयाँ जनबादी ब्यबस्था । किनकी रूसमा कृषिको विकासले पूर्णता पाएको थियो र देश औद्योगीकरणको उत्कर्षमा पुगेको थियो । तर चीनमा कृषि प्रणालीको पूर्ण विकास भएको थिएन, त्यसैले त्यहाँ नयाँ जनबादी ब्यबस्था कायम गरी कृषिलाई आधुनिकीकरण गर्दै देशलाई औद्योगीकरणको दिशामा अगाडि बढाएर समाजबादको चरणको विकास गरेको थियो।
साथै यूरोप, एशिया र ल्याटिन अमेरिकाका कैयौं देशहरूमा पनि कम्युनिस्ट सत्ता क़ायम भयो । यसले संसार भरिका प्रतिक्रियाबादी शासकहरू हाबुकाबु परिरहेका थिए र आक्रमण गर्नका लागि कम्युनिस्ट सासन प्रणाली भित्रका कमजोर ठाउँ खोजिरहेका थिए ।
हामीले गर्ने क्रान्ति अधिकांश मेहनतकश वर्गको हितमा केन्द्रित हुन्छ । यो कहिले नरम, कहिले मध्यम र कहिले निर्मम प्रकारको हुन्छ । पहिलो र दोस्रो चरणमा धेरै नेता कार्यकर्ता र जनताहरू सहभागी हुन् सक्छन् भने तेस्रो चरणको कार्यक्रममा भाग्ने रआत्म समर्पण गर्ने स्थिति पनि देखिन्छ । एउटा क्रान्तिकारी पार्टीलाई यसको बनावट र संरक्षण गर्न मै सबैभन्दा बढी चुनौती हुन्छ । त्यही कार्यमा ढृढतापूर्वक अडिन नसकेका कारण संसारमा स्थापित समाजबादी ब्यबस्थाको पतन र त्यसको ठाउँमा पुनः पूँजीबादी ब्यबस्था कायम हुन पुग्यो ।
यो प्रक्रिया निरन्तर रहि रहन्छ । समाज विकासको राजनीतिक प्रणालीमा कम्युनिष्ट बिचारधाराको ईतिहास सबैभन्दा छोटो छ । त्यसैले त्यसको अनुभव पनि कम छ भन्न अतिशयोक्ति नहोला । तसर्थ कुनै पनि वर्गको आफ्नै सीमा र भूमिकाले त्यसलाई कहाँसम्म पुर्याउने हो भनेर भन्न सक्दछ ।
संसारका बहुसंख्यक जनता अल्प संख्यकबाट शासित छन् । त्यसैले त्यसबाट मुक्ति पाउनका लागि र शोषणरहित समाजको निर्माण गर्नका लागि शोषित र शासित वर्गले आफ्नो वर्गीय आन्दोलनलाई अगाडि बढाउँछ । यो समाजको राजनीतिक र सामाजिक रूपान्तरणको ध्रुबसत्य नियम हो । हाम्रो समर्थन पनि तिनै शोषित पीडित वर्गले नेतृत्व गरेको आन्दोलनमा रहन्छ र रहनुपर्दछ ।
समाज विकासको क्रमसँगै संसार सानो घेराभित्र सिमित छ । त्यो भित्र हामी घुमिरहेछौं । हामी छिनभरमै पृथ्वी विचरण गर्दछौं । यो अहिलेको प्रविधिको विकासको कारणले हो । हिजोका दिनमा हाम्रै पालामा महत्वपूर्ण निर्णयहरू गर्नका लागि भेला हुन बैठक बस्नका लागि चिठ्ठी लेखेर पठाउनु पर्थ्यो या पैदल हिँडेर खबर गर्नुपर्थ्यो । यसो गर्दा समय पनि धेरै लाग्ने र झण्झट हुने गर्थ्यो भने सुरक्षाका हिसावले पनि त्यती नै जोखिम थियो ।
अहिले हाम्रै पालामा सोच्नै नसकिने परिवर्तन हाम्रै आँखाले देख्ने भोग्ने र प्रयोग गर्ने गर्दछौं । यो बिचमा पनि हामीले हाम्रा गतिबिधिहरूमा साबधानी र अनुशासन भने पालना गर्नै पर्दछ । आफूलाई ज़िम्मेवार र अनुशासित बनाउँदै न्याय र स्वतन्त्रताको पक्षमा आबाज बुलन्द गर्नु पर्दछ । प्रविधिको प्रयोगका कारणले एकै छिनमा हामीले हाम्रा बिचार रगतिबिधिलाई संसार सामु प्रवाह गर्न सक्छौं । हाम्रा बिचार कति सत्य र तर्कपूर्ण छन् त्यसका आधारमा हामीलाई अबलोकनकर्ताले मूल्यांकन गर्ने गर्दछन् । त्यसैले सबैले जिम्मेवार हुँदै सूचना सम्प्रेषण गर्नु पर्ने हुन्छ ।
हामीले के गर्न खोजेका हौं त्यसको नारा तय गर्न सकियो भने त्यसलाई जोडतोडका साथ अगाडि बढाउन सकिन्छ । सबैको विश्वास पाउन र अगाडि बढ्न सकिन्छ । अगाडि बढ्ने हौसला प्रदान हुन्छ । तर के ख़्याल गर्नु जरूरी छ भने हाम्रा गतिबिधिहरू बेलगामको घोडाजस्तो हुनुहुँदैन । त्यसका लागि हाम्रो हैसियत सीमा र दायरा अनि जिम्मेवारी र लेनिनबादी संगठन पद्दतीको भने हमेशा ख्याल राख्नुपर्दछ । हाम्रा विचारहरू राख्ने स्वतन्त्रता हामीलाई छ तर त्यसको क्षेत्रधिकारको सीमा तोडेर कदापी होईन । त्यसैले यस्ता बिषयमा कोही पनि चुक्नु हुँदैन र कोही पनि नचुकौं यहि नै सहि तरिका हो ।
आजको विश्वको प्रविधि प्रयोग गरेर घरमै बसी बसी कतिधेरै काम गर्न सकिन्छ र गरिरहेछौं । यसैगरी हामीले न्यायपूर्ण आन्दोलनलाई पनि वैधानिक तवरबाट यही प्रविधि मार्फत संसारलाई सुसूचित गर्न सक्छौं र जो जहाँ छौं त्यहींबाट प्रयत्न गर्दै जाने हो ।यसैका माध्यमबाट ईमान्दारिता पूर्वक जाने हो भने गन्तव्यमा पनि सजिलै पुग्न सक्ने छौं । यसर्थ सबैले आफ्ना कामहरूमा ईमान्दारिता पूर्वक कार्यान्वयन गरौं र गर्न उत्प्रेरित गरौं ।
यति गर्न सक्यौं भने हामीले मजदुर दिवसलाई सही अर्थमा न्याय दिन सक्छौं ।
हेमलाल गौतम
(केन्द्रीय सदस्य, जापान नेपाली एकता समाज)