• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बदलिँदो सन्दर्भमा मजदुर आन्दोलन र हाम्रो कार्यभार


  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
  • १८८० को दशकलाई संसारमा पूँजीपति र मजदुरका बिचको अन्तरविरोधको उत्कर्ष रहेको दशकका रूपमा बुझ्न सकिन्छ । विश्व साम्राज्य फैलाईरहेको अमेरिका भित्र नै त्यसप्रकारको अन्तरविरोध रहेको पाईन्छ । त्यही अन्तरविरोधका कारण सिकागोका मजदुरहरूको सम्झौता हिन संघर्षको परिणाम स्वरूप त्यहाँको सरकार र पूँजीपती वर्ग मजदुरलाई दिनमा ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन्को माग पूरा गर्न र त्यसलाई कानूनी मान्यता दिन मन्जुर भएको हो ।

    Advertisement

    त्यो आन्दोलनले सन् १८८० को दशकको अन्त सम्ममा अन्तराष्ट्रिय रूप लिईसकेको थियो । यो संस्थागत रूपमै विश्वब्यापी बनिसकेको थियो । त्यसैको फलस्वरूप सन १८९० मे १ बाट संसार भरिका मजदुरहरूले बिजय उत्सवका रूपमा यो दिवसलाई मनाउने परम्परा बनेको हो । शुरूमा यो मार्क्सवादी बिचारधारा राख्नेहरूले मनाउँथे भने बिस्तारै बिस्तारै यो दिवस त्यो भन्दा फरक बिचारधारा राख्नेहरुले पनि मनाउन थाले ।

    अहिले आएर पूँजीबादी शासन प्रणाली भएका देश र अन्य देशका सासकहरूले नै मानव अधिकारको दुहाई दिँदै मजदुर दिवश मनाउने, सार्वजनिक बिदा दिने र आफू मात्रै मजदुर वर्गको अभिभावक हो भन्ने देखाउन खोजी रहेको पाईन्छ । यसले के स्पष्ट हुन्छ भने कम्युनिस्ट बिचारधारा माथि प्रहार गर्न मजदुरहरूको आवाजको प्रतिधित्व गर्न खोजेको देखिन्छ । तर असलियत त्यो होईन, असलियत त कम्युनिष्ट बिचार धारा माथिको घुमाउरो प्रहार हो । यसर्थ यो अन्तरबिरोध समाप्त भएको छैन र वर्गीय समाजको अस्तित्व रहने बेलासम्म यो अन्तरविरोध रहिरहन्छ ।

    पछि १९ औं शताब्दीको सुरूवातसँगै रूसमा क्रान्तिकारी मुभमेन्ट शुरू भयो र १९१७ मा रूस त्यहाँको जारशाही सत्ताबाट मुक्त भयो । त्यहँ लेनिनको नेतृत्वमा क्रान्ती सम्पन्न भयो र समाजबादी शासन ब्यबस्था स्थापना भयो । लेनिनबादीहरूले आफ्ना हरेक कामलाई सिलसिलेबार तरिकाले एउटा पद्धतीमा ढालेर गरे र त्यही अनुशासनले त्यहाँको राज्यसत्तालाई ध्वस्त पार्न सफल भए । पछि त्यो लहर विश्वका एकतिहाई देशहरूमा पुग्यो र सासन सत्ता जनताको कायम रह्यो ।

    सबै देशले आफ्नो देशको अवस्थाको आधारमा राज्य ब्यबस्था सञ्चालन गरे । रूसले समाजबादी ब्यबस्था अपनायो भने चीनले नयाँ जनबादी ब्यबस्था । किनकी रूसमा कृषिको विकासले पूर्णता पाएको थियो र देश औद्योगीकरणको उत्कर्षमा पुगेको थियो । तर चीनमा कृषि प्रणालीको पूर्ण विकास भएको थिएन, त्यसैले त्यहाँ नयाँ जनबादी ब्यबस्था कायम गरी कृषिलाई आधुनिकीकरण गर्दै देशलाई औद्योगीकरणको दिशामा अगाडि बढाएर समाजबादको चरणको विकास गरेको थियो।

    साथै यूरोप, एशिया र ल्याटिन अमेरिकाका कैयौं देशहरूमा पनि कम्युनिस्ट सत्ता क़ायम भयो । यसले संसार भरिका प्रतिक्रियाबादी शासकहरू हाबुकाबु परिरहेका थिए र आक्रमण गर्नका लागि कम्युनिस्ट सासन प्रणाली भित्रका कमजोर ठाउँ खोजिरहेका थिए ।

    हामीले गर्ने क्रान्ति अधिकांश मेहनतकश वर्गको हितमा केन्द्रित हुन्छ । यो कहिले नरम, कहिले मध्यम र कहिले निर्मम प्रकारको हुन्छ । पहिलो र दोस्रो चरणमा धेरै नेता कार्यकर्ता र जनताहरू सहभागी हुन् सक्छन् भने तेस्रो चरणको कार्यक्रममा भाग्ने रआत्म समर्पण गर्ने स्थिति पनि देखिन्छ । एउटा क्रान्तिकारी पार्टीलाई यसको बनावट र संरक्षण गर्न मै सबैभन्दा बढी चुनौती हुन्छ । त्यही कार्यमा ढृढतापूर्वक अडिन नसकेका कारण संसारमा स्थापित समाजबादी ब्यबस्थाको पतन र त्यसको ठाउँमा पुनः पूँजीबादी ब्यबस्था कायम हुन पुग्यो ।

    यो प्रक्रिया निरन्तर रहि रहन्छ । समाज विकासको राजनीतिक प्रणालीमा कम्युनिष्ट बिचारधाराको ईतिहास सबैभन्दा छोटो छ । त्यसैले त्यसको अनुभव पनि कम छ भन्न अतिशयोक्ति नहोला । तसर्थ कुनै पनि वर्गको आफ्नै सीमा र भूमिकाले त्यसलाई कहाँसम्म पुर्याउने हो भनेर भन्न सक्दछ ।

    संसारका बहुसंख्यक जनता अल्प संख्यकबाट शासित छन् । त्यसैले त्यसबाट मुक्ति पाउनका लागि र शोषणरहित समाजको निर्माण गर्नका लागि शोषित र शासित वर्गले आफ्नो वर्गीय आन्दोलनलाई अगाडि बढाउँछ । यो समाजको राजनीतिक र सामाजिक रूपान्तरणको ध्रुबसत्य नियम हो । हाम्रो समर्थन पनि तिनै शोषित पीडित वर्गले नेतृत्व गरेको आन्दोलनमा रहन्छ र रहनुपर्दछ ।

    समाज विकासको क्रमसँगै संसार सानो घेराभित्र सिमित छ । त्यो भित्र हामी घुमिरहेछौं । हामी छिनभरमै पृथ्वी विचरण गर्दछौं । यो अहिलेको प्रविधिको विकासको कारणले हो । हिजोका दिनमा हाम्रै पालामा महत्वपूर्ण निर्णयहरू गर्नका लागि भेला हुन बैठक बस्नका लागि चिठ्ठी लेखेर पठाउनु पर्थ्यो या पैदल हिँडेर खबर गर्नुपर्थ्यो । यसो गर्दा समय पनि धेरै लाग्ने र झण्झट हुने गर्थ्यो भने सुरक्षाका हिसावले पनि त्यती नै जोखिम थियो ।

    अहिले हाम्रै पालामा सोच्नै नसकिने परिवर्तन हाम्रै आँखाले देख्ने भोग्ने र प्रयोग गर्ने गर्दछौं । यो बिचमा पनि हामीले हाम्रा गतिबिधिहरूमा साबधानी र अनुशासन भने पालना गर्नै पर्दछ । आफूलाई ज़िम्मेवार र अनुशासित बनाउँदै न्याय र स्वतन्त्रताको पक्षमा आबाज बुलन्द गर्नु पर्दछ । प्रविधिको प्रयोगका कारणले एकै छिनमा हामीले हाम्रा बिचार रगतिबिधिलाई संसार सामु प्रवाह गर्न सक्छौं । हाम्रा बिचार कति सत्य र तर्कपूर्ण छन् त्यसका आधारमा हामीलाई अबलोकनकर्ताले मूल्यांकन गर्ने गर्दछन् । त्यसैले सबैले जिम्मेवार हुँदै सूचना सम्प्रेषण गर्नु पर्ने हुन्छ ।

    हामीले के गर्न खोजेका हौं त्यसको नारा तय गर्न सकियो भने त्यसलाई जोडतोडका साथ अगाडि बढाउन सकिन्छ । सबैको विश्वास पाउन र अगाडि बढ्न सकिन्छ । अगाडि बढ्ने हौसला प्रदान हुन्छ । तर के ख़्याल गर्नु जरूरी छ भने हाम्रा गतिबिधिहरू बेलगामको घोडाजस्तो हुनुहुँदैन । त्यसका लागि हाम्रो हैसियत सीमा र दायरा अनि जिम्मेवारी र लेनिनबादी संगठन पद्दतीको भने हमेशा ख्याल राख्नुपर्दछ । हाम्रा विचारहरू राख्ने स्वतन्त्रता हामीलाई छ तर त्यसको क्षेत्रधिकारको सीमा तोडेर कदापी होईन । त्यसैले यस्ता बिषयमा कोही पनि चुक्नु हुँदैन र कोही पनि नचुकौं यहि नै सहि तरिका हो ।

    आजको विश्वको प्रविधि प्रयोग गरेर घरमै बसी बसी कतिधेरै काम गर्न सकिन्छ र गरिरहेछौं । यसैगरी हामीले न्यायपूर्ण आन्दोलनलाई पनि वैधानिक तवरबाट यही प्रविधि मार्फत संसारलाई सुसूचित गर्न सक्छौं र जो जहाँ छौं त्यहींबाट प्रयत्न गर्दै जाने हो ।यसैका माध्यमबाट ईमान्दारिता पूर्वक जाने हो भने गन्तव्यमा पनि सजिलै पुग्न सक्ने छौं । यसर्थ सबैले आफ्ना कामहरूमा ईमान्दारिता पूर्वक कार्यान्वयन गरौं र गर्न उत्प्रेरित गरौं ।

    यति गर्न सक्यौं भने हामीले मजदुर दिवसलाई सही अर्थमा न्याय दिन सक्छौं ।

    हेमलाल गौतम
    (केन्द्रीय सदस्य, जापान नेपाली एकता समाज)

    शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.