हेटौँडा । काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।
Advertisement
कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा २०८१ साउन १२ गते शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।
त्यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो ।
अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । (रासस)