पेरिस । फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ ।
पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टाअगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलिटहरूले आक्रमण गरेको खेल मन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताउनुभयो ।
उच्च गतिको रेल सेवा नेटवर्कलाई प्रभावित पार्न भएको आगजनीसहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध भएको छ ।
राष्ट्रिय रेल सञ्चालक एसएनसिएफ तोडफोड जन्य कार्यको सिकार भएको छ भने आक्रमणले एटलान्टिक, उत्तरी र पूर्वी लाइनहरूलाई असर गरेको छ ।
आक्रमणले रेल सुविधालाई क्षति पुर्याउँदा प्रभावित लाइनहरूमा रेल ट्राफिक अवरुद्ध भएको तथा मर्मत सम्भार लगायतको अवस्थाले प्रभाव साताब्यापी रहने जनाइएको छ ।
आक्रमणपछि रेलहरू विभिन्न मार्गमा मोडिरहेको अवस्थामा ठुलो सङ्ख्यामा रद्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कडा सुरक्षा ब्यवस्थाबिच ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको समय आकस्मिक आक्रमण गरी बदनाम गराउने प्रयास भएको छ ।
जुलाई २९ (सोमबार) बाट सामान्य सेवा पुनः सुरु हुने अपेक्षा रेलवे स्टेसनको प्रस्थान हलमा रहेको एउटा सङ्केतमा लेखिएको छ । (रासस/एएफपी)