काठमाडौं । काठमाडौंको बल्खुमा कारले ठक्कर दिँदा तीन जना पैदलयात्री घाइते भएका छन् ।
Advertisement
सोमबार साँझ सडक पेटीमा हिँडिरहेका तीन जनालाई बा११ च ५९१६ नम्बरको कारले ठक्कर दिएको हो ।
गाडीको ठक्करबाट भारतको मोतिहारी घर भइ हाल डल्लु बस्ने वर्ष १८ को प्रियन्सु कुमार, कुलेश्वर बस्ने वर्ष २५ को भोला कुमार र वर्ष १९ को श्याम बाबु ठाकुर घाइते भएका छन् । उनीहरूको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ ।
गाडी चालक भुपेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । श्रेष्ठले लागुपदार्थ सेवन गरी लापरवाहीपूर्वक सवारी साधन चलाएको प्रहरीले जनाएको छ ।
कालिमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको सो गाडी पैदल यात्रुलाई ठक्कर दिएपछि सडक छेउको कुलो बनाउन राखेको सिमेन्टको ब्लकमा ठोक्किन पुगी दुर्घटना भएको थियो ।