काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कटाक्ष गर्नुभएको छ– जबर्जस्त प्रतिपक्षी नेताको सम्भावना भएका प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनायौँ ।
प्रधाननमन्त्री प्रचण्डले दुई ठुला दल मिलेर सरकार बनाउँदा प्रतिपक्ष वा लोकतन्त्र कमजोर हुने अभिव्यक्ति दिएपछि २०८१ असार २८ गते प्रतिनिधिसभामा बोल्दै नेता लेखकले यस्तो कटाक्ष गर्नुभएको हो ।
‘सम्माननीय प्रधानमन्त्रीले भन्नुभयो, दुईओटा ठुला राजनीतिक दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता व्यक्त गर्नुभयो’ उहाँले भन्नुभयो– ‘तर आज सम्माननीय प्रधानमन्त्रीकै रूपमा यो रोस्ट्रममा उभिँदा मैले प्रमुख प्रमुख प्रतिपक्षी दलको ठिक नेताको रूपमा देखिराखेको हुनाले अब संसद्मा प्रतिपक्ष कमजोर हुन्न भन्ने लाग्छ मलाई ।’
नेता लेखकले थप व्यङ्ग्य गर्नुभयो– ‘वा अलिकता गल्ती भएछ कि, ठिक मान्छेलाई ठिक ठाउँमा नराखेको गल्ती हो कि’
उहाँले अगाडि भन्नुभयो– ‘अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैले विश्वास गरेको छु । त्यसकारण लोकतन्त्र कमजोर हुँदैन ।’