• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बाढीको त्रासमा बागलुङ भुजीखोला निवासी


  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ गते राति ढोरपाटन नगरपालिका–८ र ९ स्थित भूजीखोलामा आएको बाढीले ३८ जनाको ज्यान लिएको थियो । बाढीमा १५ जना अझै बेपत्ता छन् ।

    Advertisement

    पीडितले जसोतसो घर बनाएर बसे पनि बाढीको त्यो त्रास भने बिर्सिन सकेका छैनन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो । बाढीमा आफन्त गुमाएकाहरूको पीडा अहिलेसम्म पनि मत्थर हुनसकेको छैन । आफन्तसँगै बस्ने बास र खाने गास गुमाएकाले राज्यबाट पाउनुपर्ने सहयोग नपाएको गुनासो गर्दै आएका छन् ।

    ढोरपाटन नगरपालिका–९ का बाढीपीडित कुलबहादुर विक ऋण धन गरेर घर बनाए पनि आफन्त बिर्सिन नसकेको बताउनुहुन्छ ।

    बाढीले उहाँको घर, जग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षकी नातिनी बगाएको थियो ।

    बाढीले भएभरको सम्पत्ति बगाइदिएपछि लामो समय आफन्तकामा बसेको भन्दै अहिले सामान्य घर बनाएर बस्न थालेको उहाँ सुनाउनुहुन्छ । अलि ठूलो वर्षा हुँदा रातभर जाग्रम बस्ने गरेको उहाँ बताउनुहुन्छ ।

    “त्यो बाढीले हाम्रो उठीबास लगायो, लाउँलाउँ, खाउँखाउँ बन्ने बेलाका छोरा, बुहारी, छोरी र नातिनीसँगै सबै सम्पत्ति बगायो, हामी अहिले सुकुम्बासीजस्ता भएका छौँ । बर्खा सुरु भयो, कसरी ज्यान बचाउने हो भन्ने चिन्ता लाग्छ, ठूलो पानी पर्यो भने पहिलेको जस्तै बाढी आएर बगाउँछ कि भन्ने डर हुन्छ, त्यही भएर रातभरि निदाउँदैनौँ”, विकले भन्नुभयो, ‘बाढी आउँदाको रात हामीहरू गोठमा गएका थियौँ, त्यही भएर बच्यौँ, नत्र हामीलाई पनि बाढीले लैजानेरहेछ ।’

    स्थानीय बाढीपीडित निमबहादुर विश्वकर्मा बाढीले आफन्तसहित भएभरको सम्पत्ति बगाइदिएको बताउनुहुन्छ । बाढीले निमबहादुरको २५ वर्षीया श्रीमती, नौ वर्षीय जेठो छोरा, दुई वर्षीय माइलो छोरा र २२ दिनको कान्छो छोरासहित सबै बगाएको थियो ।

    उहाँ परिवारका सबै सदस्य बाढीमा परेरपछि एक्लो बन्नुभएको थियो । बाढी आउँदाको रात आफू ढोरपाटन गएको हुँदा आफ्नो ज्यान बँचेको उहाँ बताउनुहुन्छ । आफू ठूलो समस्यामा पर्दा पनि राज्य तहबाट सहयोग नभएको उहाँको गुनासो छ ।

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत नगरपालिकाको सीमित स्रोत र साधानबाट पीडितलाई सहयोग गरिएको बताउनुहुन्छ । विसं २०७७ को बाढीले ढोरपाटनमा ठूलो मानवीय क्षति पुर्याएको भन्दै यस वर्ष पनि वर्षा सुरु हुन लागेसँगै प्राकृतिक विपत्तिबाट बच्न तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको उहाँ बताउनुहुन्छ । भौगोलिक कठिनाइका कारण धेरै नागरिक अव्यवस्थित रूपमा बस्दै आएको हुँदा त्यसको व्यवस्थापनमा नगरपालिकाले योजना बनाइरहेको उपप्रमुख कायत बताउनुहुन्छ ।

    व्यवस्थित छैनन् ग्रामीण सडक
    एक दशक अगाडिसम्म बागलुङको अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । जब स्थानीय तह स्थापना भए, त्यसपछि बस्तीसम्म सडक पु¥याउने लहड सुरु भयो । पालिकाहरूले नागरिकको आवश्यकता र मागका आधारमा सबै ठाउँमा सडक विस्तार गर्दै गए । गाउँगाउँसम्म पुगेको सडक भने गुणस्तरीय भने नभएका स्थानीय बताउँछन् ।

    हिउँदमा जसोतसो सञ्चालन हुने सडक बर्खाको करिब पाँच महिना ठप्पै हुन्छन् । बिना इन्जिनियरिङ र अव्यवस्थित रूपमा निर्माण भएका सडकले वातावारणसँगै बस्तीमा समेत नकारात्मक असर पुर्याएको निसीखोला गाउँपालिका–२ का नरबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार हिउँदमा निर्माण भएका सडक बर्खामा कामै नलाग्ने गरी भत्किने गरेका छन् ।

    गाउँमा चार वर्ष अगाडि सडक पुगे पनि साँघुरो र अप्ठ्यारो हुँदा र सामान्य वर्षा पनि गाडी नगुड्ने जिसीले बताउनुभयो । सडक निर्माण गर्दा नापजाँच नगरी अव्यवस्थित रुपमा बनाइएकाले समस्या भएको उहाँको भनाइ छ । गाउँमा सडक आउँदा स्थानीय खुसी भए पनि अहिले आवागमनमा समस्या हुँदै आएको भन्दै सडक हिउँदमा पनि सञ्चालन हुने गरी पुनः निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    तमानखोला गाउँपालिका–६ नर्जाखानीका प्रेमबहादुर छन्त्यालले अव्यवस्थित सडकका कारण बर्खाका यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको सुनाउनुभयो । ठूलो वर्षा हुँदा बित्तिकै खोलामा गाडी तर्न नसक्ने र सडक सबै भत्किने हुँदा बजारबाट सामान ओसारपसार गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भौगोलिक विकटता र अव्यवस्थित सडकले सुविधाभन्दा बढी समस्या हुने गरेको बताउनुभयो ।

    ‘अव्यवस्थित रुपमा बनेका सडकले सुविधाभन्दा सास्ती दिएका छन् । बर्खामा गाडी सञ्चालन हुदैनन् । गाउँमा कोही बिरामी प¥यो भने डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ’, छन्त्यालले भन्नुभयो, ‘भूगोल नमिलेका कारण सडक व्यवस्थित हुनसकेको छैन, बर्खामा बजारबाट सामान ल्याउन र यात्रा गर्न निकै सकस हुन्छ ।

    मानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले सबै बस्तीमा सडक पु¥याइएको भन्दै यथाशीघ्र स्तरोन्नति गरी व्यवस्थित बनाउने योजना रहेको जानकारी दिनुभयो । सीमित स्रोत साधानका कारण तत्काल सडक व्यवस्थित बनाउन नसकेको उहाँले बताउनुभयो ।

    नर्जाखानी, वित्रिवनलगायत केही गाउँमा बाहेक अन्य ठाउँमा बर्खाको समयमा पनि यातायात सञ्चालन हुने गरी सडकलाई व्यवस्थित बनाउन थालिएको अध्यक्ष बुढामगरले बताउनुभयो ।

    बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.