दिनेश रैदास, दाङ ।
दाङको घोराहीमा रक्तिम सांस्कृतिक अभियानको नगर समिति गठन भएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८० असार १५ शनिबार सम्पन्न एक भेलाले सो समिति गठन गरेको हो ।
एघार सदस्यीय नगर समितिको अध्यक्षमा झविलाल खनाल चयन हुनुभएको छ भने उपाध्यक्षमा रोशनी घर्तिमगर, सचिवमा उत्सव पुन, सहसचिवमा अर्जुन विक र कोषाध्यक्षमा सुवास पुन चयन हुनुभएको छ ।
एवम् प्रकारले सदस्यहरूमा स्वर्णिम थापा, कल्पना नेपाली, प्रकाश घर्ती, पिमा रोका र सुनिता बाठा रहनुभएको छ । सदस्यको एक स्थान रिक्त रहेको जनाइएको छ ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार सुशीला पोखरेल, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशीनाथ
पोखरेल, राजमो नेताहरू हरि खरेल, मनिराम खनाल, मेघराज भट्टराई, श्रीराम भट्टराई, सेवक भट्टराईलगायतका आतिथ्य रहेको थियो ।
भेलाको सञ्चालन सञ्चालन झविलाल खनालले गर्नुभएको थियो ।