बागलुङबजार । बागलुङको सदरमुकाम बागलुङबजारमा महङ्गी, भ्रष्टाचार र सङ्घीयताको विरुद्धमा सभा सम्पन्न भएको छ ।
Advertisement
बागलुङबजारको लोकतान्त्रिक चोकमा २०८१ असार १४ गते उक्त सभा सम्पन्न भएको हो ।
सभालाई राष्ट्रिय जनमोर्चाका बागलुङ जिल्ला अध्यक्ष तिलक थापाले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले सङ्घीयतालाई नेपाली अर्थतन्त्रले धान्न नसक्ने ठोकुवा गर्दै जतिसक्दो यसलाई खारेज गरेमा नै नेपाली जनताको भलाइ हुने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदीले गर्नुभएको थियो ।
