• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्थमन्त्रीसमक्ष सांसद राजेशको प्रश्न : बजेट पाउन म के कारणले अयोग्य भएँ ?


  •   बिहिबार, असार १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले अर्थमन्त्रीसमक्ष आफू बजेट पाउन के कारणले अयोग्य भएँ भनी प्रश्न राख्नुभएको छ ।

    Advertisement

    २०८१ असार १३ गते बिहीबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘मैले पोहोर पनि तीनओटा योजनाका लागि बजेट मागेको थिएँ, त्यसमध्ये एउटा योजना पनि परेन’ उहाँले अगाडि भन्नुभयो– ‘अहिलेको आवका लागि छओटा योजनाका लागि बजेट मागेको थिएँ, अहिले पनि बजेटमा मेरा एउटा योजना परेनन् ।’

    सांसद विश्वकर्माले भन्नुभयो– ॅम के कारणले बजेट पाउन अयोग्य भएँ ? मैले किन योजनाका लागि बजेट पाउन सकिन ? माननीय अर्थमन्त्रीले जवाफ दिनुहोला ।’

    मन्तव्यको क्रममा उहाँले बजेट सन्तुलित नभएको टिप्पणी पनि गर्नुभयो । ६१ प्रति साधारण खर्च र १८ प्रतिशत मात्रै पुँजीगत खर्च छुट्याइएको सन्दर्भमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले पुँजीगत खर्च कम हुँदा रोजगारी सिर्जना नहुने तथा त्यसले सरकारले कर पनि पाउन नसक्ने बताउनुभयो ।

    त्यस्तै, उहाँले सुदूरपश्चिम, कर्णालीले कम बजेट पाएको तर झापा तथा पूर्वतर्फका कैयौँ जिल्लाले बढी बजेट पाएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

    दलित उत्पीडतमाथि कारबाही होस्

    आजै राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँले दलित उत्पीडनका तीनओटा घटनामा छानबिन गरी कारबाही गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले अछामको विनायक पञ्चदेवलमा छाउगोठमा दलित किशोरीमाथि बलात्कार भएको प्रसङ्ग अगाडि सार्दै १३ वर्षे किशोरमाथि लागेको आरोपप्रति शङ्का व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– ॅकतै निर्मला पन्त बलात्कार प्रकरणमा जस्तै यस प्रकरणमा वास्तविक अपराधी बाहिर त छैन ?’

    त्यस्तै, उहाँले सुर्खेतकै पञ्चपुरीकी २० वर्षीय बालिकामाथि भएको बलात्कार तथा निजको गर्भ रहेपछि अपराधी मदन कार्कीलाई भगाइएको प्रसङ्ग पनि उठाउनुभयो ।

    एवम् प्रकारले शिक्षक सेवामा कार्यरत एक जना दलित किशोरीमाथि कार्यक्रम प्रमुखले नै बलात्कार गरेको सवाल पनि उठाउनुभयो ।
    उहाँले यी सबै प्रकरणमा तत्कालै छानबिन भएर कारबाही गर्न आग्रहसमेत गर्नुभयो ।

    बिहिबार, असार १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.