महेश रिजाल, दाङ ।
राष्ट्रिय जनमोर्चाका साधारण सदस्य लीलाधर खनालको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गत जेठ ३० गते निधन भएका लीलाधरको तेह्रौँ दिन २०८१ असार १० गते निजकै निवासस्थान दाङको राजपुर–२ मटेरियामा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्मृतिशेष खनालका जेठा छोरा बेमराज खनालको अध्यक्षतामा सुरु भएको सो कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, राजमो दाङका जिल्ला सदस्य कपिलदेव खनाल, अखिल नेपाल महिला सङ्घ दाङकी अध्यक्ष पूर्णिमा आचार्य, राजमो राजपुर गाउँ समितिका अध्यक्ष टेकबहादुर बुढालगायतका नेताहरूले मृतक खनालप्रति भावपूर्ण श्रद्धाञ्जली दिनुभएको थियो ।
स्मृतिशेष खनालको तस्बिरमा फुलगुच्छा र अबिर अर्पण गर्दै सुरु भएको उक्त कार्यक्रममा मृतककी जेठी छोरी बालिका खनाल ९पोख्रेल० को स्वागत मन्तव्य र मृतककै भान्जा माधव घिमिरेले उहाँको जीवनमाथि प्रकाश पार्नुभएको थियो ।
स्मृतिशेष लीलाधरको जन्म १९८४ चैत २८ गते सल्यानको दमारेगाउँमा बुबा मधुलाल खनाल र आमा ईश्वरी खनालको कोखबाट भएको थियो । उहाँहरू २०२८ सालमा सपरिवार सल्यानबाट बसाइ सरी दाङ राजपुर–१ आउनुभएको थियो ।
