• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

दुग्ध किसानका समस्या समाधान गर्न माग


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल पशुपालन तथा दुग्ध उत्पादक किसान सङ्घले लकडाउनको सन्दर्भमा दुग्ध उत्पादनसँग सम्बन्धित समस्या समाधान गर्न सरकारसित माग गरेको छ । सङ्घले पशुपालन क्षेत्रमा आवश्यक आहारको व्यवस्थापन गर्न, दुध र दुधजन्य पदार्थको बजारीकरण सुनिश्चित गर्न र कृषि मल, बिउ र औजारको व्यवस्था गर्न माग गरेको हो ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घको आङ्गिक सङ्गठनको रूपमा रहेको सो सङ्घका महासचिव जीवनकुमार भट्टराईले २०७७ वैशाख ८ गते प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरिएको हो । कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनप्रति समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “अखिल नेपाल पशुपालन तथा दुग्ध उत्पादक किसान सङ्घ लकडाउनको समयमा दुग्ध उत्पादनसँग सम्बन्धित किसानका समस्या समाधान गर्नेतर्फ सरकारको उदासिनता र सम्भावित सङ्कटप्रति गहिरो चिन्ता प्रकट गर्दछ । किसानका समस्या समयमै सम्बोधन गर्नेतर्फ सरकार गम्भीर नबने पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रमा नकारात्मक असर पर्नेतर्फ हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।

    चीनको हुनान प्रान्तबाट सुरु भई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण हालसम्म विश्वभरिमा एक लाख ६५ हजारभन्दा बढीको मृत्यु हुनु अत्यन्त दुखद छ । औषधि बन्न नसक्नुले यसको गम्भीरतालाई बढाएको छ । मानिसबाट मानिसमा सङ्क्रमणको घातक चरित्र भएको यो भाइरस नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय शारीरिक दुरी कायम राख्नु नै रहेको छ ।

    गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लकडाउन (बन्दाबन्दी) घोषणा गरी रोग नियन्त्रणमा गरेको प्रयासप्रति समर्थन जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा हाम्रो सङ्गठनले जोड दिन्छ । साथसाथै लकडाउनअन्तर्गत पनि जीवनसँग अन्तरसम्बन्धित विषयलाई यथोचित परिचालनमा प्रभावकारी कार्यक्रम बनाउन नसक्नुमा सरकारको गम्भीर कमजोरी देखिन्छ ।

    देश लकडाउनमा रहेको झण्डै महिनादिन भइसकेको र यो स्थिति अझै लम्बिने सम्भावनाप्रति विचार गर्दै कृषि, पशुपालन, साना व्यवसाय, दुग्ध उत्पादन र बजार व्यवस्थापनको सम्बन्धमा राज्य उदासिन बन्नु र कुनै पनि कार्यक्रम सार्वजनिक नगर्ने रवैया घोर आपत्ति छ । हामी कृषि क्षेत्रमा गम्भीर सङ्कट निम्तिन नदिन सरकारसँग ठोस कार्यक्रम घोषणा गर्न माग गर्दछौँ ।

    पशुपन्छीको दाना तथा मलबिउको जोहो गर्ने विषयलाई उपेक्षा गर्ने सरकारको नीतिबाट उत्पन्न सङ्कटप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पशुआहारको सहज आपूर्ति गर्न, उत्पादित दुधको नियमित बजार व्यवस्था गर्न तथा कृषि मल, बिउ र औजारको व्यवस्था गर्न हाम्रो सङ्गठन माग गर्दछ ।”

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशबाट फर्किएका म्याग्दीका युवाहरूले सुरु गरे भेडापालन
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    ५३.५ मेगावाटको अपर म्याग्दी–१ को सुरुङ ब्रेक थ्रू
    ‘१२ मई’ नाटकले निरङ्कुशता पराजित हुने सन्देश दिएको मसालको निष्कर्ष
    शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन
    राजमो कपिलवस्तुद्वारा शिवराज– ५ मा भेलामा सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.