• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपालमा पशुपन्छीसम्बन्धी कानुनी अधिकार र कसुर


  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
  • सञ्जीवकुमार श्रेष्ठ ##

    Advertisement

    पशुपन्छीसम्बन्धी कानुनी अधिकार र कसुर सम्बन्धमा यसभन्दा पहिलाको लेखमा विश्वभरका मुख्य देशमा पशुपन्छीसम्बन्धी अधिकार, कानुनबारेमा जानकारी सकेको छु भने यस लेखमा नेपालभित्रका ऐन कानुनमा पशुपन्छीसम्बन्धी कानुनी अधिकार र कसुरको बारेमा सामान्य जानकारी गराइने छ ।

    हाम्रो देश नेपालमा भएका पशुपन्छीसम्बन्धी कानुनी व्यवस्थाको बारेमा हेरौँ ।

    संविधानको भाग–१, प्रारम्भिक धारा ९ (३) नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र पन्छी डाँफे हुने छ भनी उल्लेख गरिएको छ ।

    पशुसम्बन्धी विद्यमान कानुनहरू हेर्दा पशुस्वास्थ्य तथा पशुसेवा ऐन–२०५५ र पशुस्वास्थ्य तथा पशु सेवा नियमावली–२०५६, पशु वधशाला र मासुजाँच ऐन–२०५५ र पशु वधशाला र मासुजाँच नियमावली–२०५७ विद्यमान रहेका देखिन्छन् भने यसको अतिरिक्त माछा भुराबारे मापदण्ड–२०६१, पशुढुवानी मापदण्ड–२०६४, पशु क्वारेन्टाइन (पहिलो संशोधन) कार्यविधि–२०७१ र पशुकल्याण निर्देशिका–२०७३ पनि विद्यमान रहेको देखिन्छ ।

    त्यसैगरी, मुलुकी (अपराध संहिता) ऐन–२०७४ को परिच्छेद २७ मा पनि पशुपन्छी कसुर सम्बन्धी व्यवस्था गरेको पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०४९, वन ऐन–२०४९, वातावरण संरक्षण ऐन–२०५३ लगायतका ऐन र सोसम्बन्धी विभिन्न नियमावलीहरू पशुस्वास्थ्य तथा पशुसेवा ऐन–२०५५ पशुस्वास्थ्य तथा पशुसेवा नियमावली–२०५६ पशु वधशाला र मासुजाँच ऐन–२०५५, पशु कल्याण ऐन–२०५५ समेत रहेको छ ।

    नेपाल सरकारले छुट्टै पशुपन्छी मन्त्रालय गठन गरेको छ तर उचित संरक्षणात्मक व्यवस्थासहित छुट्टै नीति र कानुन बनाउन सकेको छैन । पशु अधिकारसम्बन्धी नीति निर्माण एवम् कानुन तर्जुमाका विषयसमेत पशुपन्छी विकास मन्त्रालय क्षेत्राधिकारभित्र पर्दछ । पशुपन्छी विकास मन्त्रालय पशुकल्याण निर्देशिका–२०७३ लागु गरिसकेको अवस्था छ ।

    पशुबलि सम्बन्धमा गढिमाईलगायतका धार्मिक स्थलमा दिने गरिएको बलीको सन्दर्भमा जनावर उपर हुने गरेको क्रूर र यातनापूर्ण व्यवहार नहुने व्यवस्था गर्न, बली दिइएका रिट निवेदक अधिवक्ता अर्जुनकुमार अर्यालसमेत विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको रिट नं. ०७१–डब्लुओ–०३७१ मा मिति २०७३।४।२० मा यस अदालतबाट परमादेशको आदेश जारी भइसकेको छ ।

    शास्त्रबाट मात्र कालका प्रभावले सबै व्यवहार चल्न नसक्दा छोटाबडा सबैलाई कसुरअनुसार एकै सजाय होस्, घटीबढी नपरोस् भन्नाका निमित्त सम्वत् १९१० सालको मुलुकी ऐन जारी भएको पुरानो मुलुकी ऐन (बाह्रौँ संशोधन) २०६४ मा फौजदारी कानुन, भाग–४, महल–७ मा चौपायाको महल भनी दफा १ देखि दफा १९ सम्म कानुनी व्यवस्था गरेको थियो ।

    ऐनकानुनहरू राजनैतिक आर्थिक र सामाजिक व्यवस्थाको विचारबाट प्रभावित हुन्छ र परिवर्तन भइरहन्छ । मुलुकी अपराध संहिता–२०७४, मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ मध्ये मुलुकी अपराध संहिता–२०७४ को भाग २ फौजदारी कसुरहरू परिच्छेद २७ मा पशुपन्छीसम्बन्धी कसुरको व्यवस्था गरिएको छ ।

    माथि उल्लेखित संविधान तथा विभिन्न ऐनकानुनमा पशुपन्छीसम्बन्धी कानुनी अधिकारको व्यवस्था गरिएको भए तापनि मुलुकी अपराध सहिता–२०७४ को परिच्छेद–२६ मा पशुपन्छीसम्बन्धी कसुर दफा २८९ देखि दफा २९२ सम्मको कानुनी व्यवस्था रहेको छ ।

    जो कसैले पनि गाईगोरुलाई मार्न, चोट पुर्‍याउने नियतले कुनै काम गर्न/गराउन हुँदैन । यदि त्यस्तो कसुर गरेमा गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद हुने छ भने गाई वा गोरुलाई कुटी अ·भ· पारेमा छ महिना कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैया जरिवाना समेत हुने छ । गाई वा गोरुले आफ्नो वा अरूको जिउ वा ज्यानमा पुर्‍याउन लागेको क्षतिदेखि बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिने छैन ।

    पशुपन्छीलाई कुटने, हिकाउने वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउने वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग, घाउखटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएको पशुपन्छीलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपन्छी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न हुँदैन । यदि माथि उल्लेखबमोजिमको कसुर गर्ने वा गराउनेलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ तर पशुपन्छीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुण बनाउने उद्देश्यले न्यूनतम बलप्रयोग गरी कुनै काम गर्न वा पशुपन्छीलाई त्यसको शारीरिक क्षमताअनुसार कुनै भारी बोकाउन वा दौडाउन पाइने छ।

    परम्परादेखि बलि दिँदै आएको धार्मिकस्थलबाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा पशुपन्छीलाई मार्नुहुँदैन तर परम्परादेखि नै पशु वा पन्छीको बध गर्न चलिआएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पन्छी मार्न पाइने छ भने पशुपन्छीको बली दिनुपर्दा परम्परादेखि बली दिँदै आएको धार्मिकस्थलबाहेक अन्य सार्वजनिक वा धार्मिक स्थलमा पशु वा पन्छीको बली दिन पाइने छैन ।

    पशु वा पन्छीको बली दिनुपर्दा पशु वा पन्छीको बलीको विकल्पमा हुन सक्ने अन्य उपाय भएमा त्यस्तो उपाय अवलम्बन गर्नुपर्ने छ । उपाय अपनाउन सम्भव नभई पशु वा पन्छीको बली दिनुपरेमा त्यस प्रयोजनका लागि सम्बन्धित धार्मिक स्थलका व्यवस्थापकले निर्धारण गरेको ठाँउमा र निर्धारण गरेको विधिबमोजिम बली दिने काम गर्नुपर्ने छ । यदि उक्तबमोजिम नगरी कसुर गरेमा १ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

    उक्त माथि उल्लेखित कसुरसम्बन्धी हदम्याद सम्बन्धमा कसैले पशुपन्छीप्रति निर्दयी व्यवहार गरेमा त्यस्तो कसुर भएको मितिले ३ महिनाभित्र उजुर गर्नुपर्ने छ भने कसैले गाईगोरु मारेमा वा कुटेमा, त्यस्तै पशु पन्छीलाई सार्वजनिक स्थलमा मारेमा उक्त कसुर भएको कुरा थाहा पाएको मितिले ३ महिनाभित्र उजुर गर्नुपर्ने छ ।

    शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.