• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै


  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
  • तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो ।

    Advertisement

    करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेलले जानकारी दिनुभयो ।

    उक्त उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायतका महँगा र औषधिजन्य जडीबुटी लगाइएको छ । विशेष तरिकाले निर्माण गरिएको उद्यानमा विभिन्न जातका जडीबुटी र वनस्पति रहेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाउँमा उक्त उद्यान स्थापना गरिएको हो ।

    पौडेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन् ।

    अहिले यस स्थानमा सार्वजनिक बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा एक÷दुई सयका हाराहारीमा आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्दछन् ।

    त्यसैगरी ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा लगाएर फलफूलको नामसहितको सुन्दर बगँैचासमेत स्थापना गरिएको छ । दुई सय बढी लोपोन्मुख चिनारीसहितको सङ्ग्राहलयसमेत सञ्चालन गरिएको छ । धेरै जातका जडीबुटी र फलफूलका बिरुवा एकै स्थानमा देख्न र चिन्न सकिने भएकाले पर्यटक गन्तव्यस्थलको रूपमा परिचित हुँदैछ ।

    विभिन्न देवीदेवता, वन्यजन्तुहरूको मूर्ति निर्माण गरी जानकारी लिनका साथै घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ । रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिरसमेत रहेको गौरादेवी यस उद्यानबाट पर्यटकले भरपुर मनोरञ्जन लिन सक्छन् । पारिवारिक वातावरणमा अग्र्यानिक खाना र आरामदायी बसाइका लागि समेत उत्कृष्ट गन्तव्य बनेको सञ्चालक पौडेलको भनाइ छ ।

    सिन्धुलीको झाँगाझोलीदेखि तनहुँको झाँगाझोलीसम्म
    तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित छन् । सिन्धुली झाँगाझोली क्षेत्रका नेपालथोक, दुम्जा, झाँगाझोली गुठबजार, रातमाटा, बोहोरेटार, रामटार, पत्द्युरी, मुलकोट, गैरीपुछार, खाल्टेचैनपुर, शितलपाटीजस्ता बीपी राजमार्गमा पर्ने क्षेत्रहरू मात्र होइन, झाँगाझोली आसपासका क्षेत्रहरू परेवाडाँडा, नागेडाँडा, थुम्का, काशीखर्क, खहरे, बन्दीपुर, कोटगाउँ, सिरूवानी, सिम्ले, रानीछाँगा, अमारेजस्ता पर्यटकीय हिसाबले विशेष महत्व राख्ने क्षेत्र हुन् ।

    दुई जिल्लामा रहेका झाँगाझोली एकापसमा भावनात्मक रूपले समेत जोडिएका छन् । झाँगाझोली एग्रो टुरिजम प्रालिले सिन्धुलीको झाँगाझोली र तनहुँको झाँगाझोली बीचको सम्बन्धलाई सुमधुर बनाई मुलुकमा कृषि र पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने लक्ष्य लिएको छ । दुई झाँगाझोली बीचको एकरूपता र समानताले दुवै झाँगाझोलीको पर्यटन प्रवद्र्धनमा नयाँपन ल्याउने सम्भावना रहेको छ । बीपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरू समेटेर तनहुँ झाँगाझोलीको परिकल्पना गरिएको सञ्चालकहरू बताउँछन् ।

    पछिल्लो समय तनहुँको झाँगाझोली आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा पर्न थालेको छ । भौगोलिक बनावट, प्राकृतिक सुन्दरता र पर्यटन प्रवद्र्धनको नयाँ प्रयोगले पनि पर्यटकहरूको झाँगाझोली मोह बढ्न थालेको अर्का सञ्चालक शङ्करप्रसाद अधिकारीले बताउनुभयो । शैक्षिक, धार्मिक, मनोरम दृश्यावलोकनले तनहुँ झाँगाझोली अवलोकनको लागि दैनिक सयौं पर्यटकको पहिलो प्राथमिकतामा पर्न थालेको छ ।

    सुनकोशी गाउँपालिका सुनकोशी नदीको नामबाट नामाकरण भएको हो । शुक्लागण्डकी नगरपालिका पनि नदीकै नामबाट नामाकरण भएको पाइन्छ ।

    एकताका प्रतीक पृथ्वीनारायण शाहको नामबाट नामाकरण भएको पृथ्वी राजमार्गमा पर्ने तनहुँ झाँगाझोली र जननेता बीपी कोइरालाको नामबाट नामाकरण भएको बीपी राजमार्गमा पर्ने सिन्धुली झाँगाझोलीबीच समानता र एकरूपता धेरै रहेका छन् ।

    तनहुँको झाँगाझोलीदेखि दरगाउँ जोड्ने मोटर मार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । यही मार्ग हुँदै प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर जाने वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गको खैरेनीटारबाट करिब पाँच किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीको अगाडि भाग भएर बग्ने कुम्ले खोलाको मध्यभागमा कृत्रिम बाँध बाँधेर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भैरहेको छ ।

    जिल्लाको शुक्लागण्डकी नगरपालिकाभित्र सात सय रोपनी क्षेत्रफलमा जी।पी।कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र केन्द्रीय अस्पतालको रूपमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले सात सय शय्या र भारत सरकारले तीन सय शय्याको आधुनिक उपकरणसहित पूर्वाधार निर्माण गर्ने गरी एक हजार शय्या क्षमताको अत्याधुनिक अस्पताल निर्माण गर्न लागेको छ ।

    नेपालमा रहेका सातवटै प्रदेशका विशिष्टीकृत सामानहरूको बिक्री एवं प्रदर्शन केन्द्र स्थापना गरी आंशिक रूपमा सञ्चालनमा आएको छ । पूर्ण रूपमा कोशेली घर सञ्चालन हुन केही समय लाग्ने सञ्चालकहरू बताउँछन् । सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गरिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्राहलयमार्फत घुम्न आउने पर्यटकले जानकारी लिने गरेका छन् ।

    बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.