काठमाडौं । सरकारले काठमाडौं लगायत शहरी क्षेत्रबाट हिँडेरै गाउँ जान थालेका मानिसहलाई रोक्ने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसहरुलाई गाउँ जान नदिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
Advertisement
काम गरिरहेको स्थानमा खाद्यान्न सकिएपछि मानिसहरु कैयौं दिन लगाएर आ–आफ्नो घरतर्फ जान थालेका छन् । त्यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा रहेका मन्त्रीहरुसँग बैठक गरी हिँडेर गाउँ जान नदिन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न पुर्याउने व्यवस्था गर्न भनेका छन् ।