• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव मनाउँदै छन् । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको हो ।

    Advertisement

    सन् १९९१ मा यसै दिन युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा पत्रकारहरूको सम्मेलन भएको थियो ।

    ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो । स्वतन्त्र प्रेसका पक्षमा त्यो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।

    प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चापरिचर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तक्र्रियाहरू गर्ने गरिन्छ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन, स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ मात्र नभएर शासन प्रणालीलाई पारदर्शी र जनउत्तरदायी बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । युनेस्कोले यस वर्ष पत्रकारितालाई बिग्रिँदो वैश्विक वातावरणप्रतिको चिन्तासँग जोड्दै ‘पृथ्वीका लागि प्रेसःवातावरणीय सङ्कटको युगमा पत्रकारिता’ भन्ने नारा तय गरेको छ । यस वर्षकोे नाराबाट संसारको पत्रकारिता यस दिशामा प्रेरित हुनेछ र हुनुपर्छ । यो नारा तय गर्नुको पछाडि पत्रकारिता सिङ्गो मानव जातिको हितमा उभिँदै गर्दा उनीहरूको बासस्थानको संरक्षणका विषयमा पनि चर्चा परिचर्चा चल्नुपर्छ भन्ने अपेक्षा छिपेको सहजै बुझ्न सकिन्छ ।

    महासङ्घको पहल
    विश्व प्रेस स्वतन्त्रता दिवसको महत्वलाई अझ झल्काउने गरी नेपाल पत्रकार महासङ्घले आज आफ्नो महाधिवेशनको आयोजना गरेको छ । महाधिवेशनलाई पत्रकारिताका विषयमा अझ व्यापक छलफल गर्ने थलो बनाउने र नयाँ नेतृत्वका लागि त्यसको एक महिनापछि मात्रै निर्वाचन गर्ने वैधानिक व्यवस्था गरिएको छ । आजको दिनमा देशभरबाट जुटेका पत्रकारहरूले महाधिवेशनको थलोमा पत्रकारिताका विविध पक्षहरूमाथि चर्चा हुनुको साथै वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्दै अब कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत गम्भीर मन्थन हुने नै छ ।

    बदलिँदो समयसँगै नेपाली पत्रकारिता क्षेत्रमा पनि नयाँ चुनौतीहरू थपिदैँ गएका छन् । इन्टरनेटको विकाससँगै शुरु भएको डिजिटल पत्रकारिता आजको मुख्य चुनौती र अवसरबीच सङ्घर्षरत छ । विश्वव्यापीरुपमा देखिएको आर्थिक सङ्कट, प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन् । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा पत्रकारहरू पारिश्रमिकबाट वञ्चित छन् । महासङ्घले पत्रकारहरुको हकहित र पेसागत सुरक्षामा विभिन्न पहल कदम गर्दै आएको छ ।

    नेपालमा मे ३ सन् २०२३ देखि अप्रिल २६ सन् २०२४ प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । गत वर्ष यही अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ वटा र मे ३ सन् २०२१ देखि २०२२ को अवधिमा ७५ वटा घटनाहरू अभिलेख भएका थिए । ६२ वटा घटनामा १६८ जना पत्रकार र दुई सञ्चार संस्था गरी १७० पीडित भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा तथा अवरोधका तीन, पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका २९, आक्रमणका १४ वटा घटना भएका छन् । यस्तै पेसागत असुरक्षाका १४ वटा घटना भएका छन् ।

    यसबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी १०१ पीडित भएका छन् । महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा अवरोधका सात, दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।

    त्यस्तै नेपाल पत्रकार महासङ्घले श्रम समस्यासम्बन्धी उजुरीलाई अध्ययन गरी सम्बन्धित सञ्चारगृहमा पत्राचार, छलफल, दबाबमूलक कार्यक्रममार्फत हल गर्ने गरेको छ । महासङ्घले संवाद, दबाब र न्यायिक मोर्चाबाट श्रमको समस्यालाई सम्बोधन गर्ने अभ्यास पनि गर्दै आएको छ । यसबाट सफलता पनि मिलेको छ । अदालतको आदेशका आधारमा पछिल्लो तीन वर्षको अवधिमा रु दुई करोडभन्दा बढी रकम श्रमजीवी पत्रकारहरुलाई प्राप्त भएको छ । पत्रकारलाई न्यायिक सेवासमेत दिँदै आएको छ ।

    पत्रकारिताका चुनौती
    इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेसले विभिन्न प्रकारका चुनौतीहरू र अवसरहरूसँग समेत आफूलाई साक्षात्कार गराएको छ । यसैगरी डिजिटल मिडिया प्लेटफर्मको विकासले परम्परागत मिडियामाथि चुनौती थपिनुका साथै प्रेसको विश्वसनीयतामाथि नै प्रश्नहरु उठ्न थालेका छन् । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को प्रयोगले पत्रकारितालाई कस्तो असर पुराउने हो ? भन्ने प्रश्नको जवाफको प्रतीक्षा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा अत्यन्तै सचेतताका साथ पत्रकारितालाई निरन्तरता दिनु समयको माग भएको छ । यससँग सामना गर्न सामूहिक प्रतिबद्धताको खाँचो छ । यसका लागि पनि आजको दिनले हामीलाई प्रेरणा प्रदान गर्नेछ । महासङ्घले सुरु गरेको फ्रि मिडिया नेटवर्कजस्ता सञ्जालहरूमार्फत मिडिया र नागरिक समाजका बीचमा नियमित अन्तरक्रिया गर्दा पनि प्रेससँग नागरिकका अपेक्षा बुझ्ने र तदनुकूलको पत्रकारिता गर्ने प्रतिबद्धता जनाउनका लागि उपयुक्त मञ्च निर्माण हुने गरेको छ ।

    संविधानले ग्यारेण्टी गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पत्रकारिताका हरेक अभ्यासमा पनि महसुस गर्नसक्ने बनाउनका लागि आवश्यक कानुन निर्माण गर्ने कुरालाई पनि उत्तिकै प्राथमिकतामा राख्न जरुरी छ । मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा सङ्घीयताको अभ्यास थालेको पनि आठ वर्ष बितिसकेको छ । तर, यतिका अवधि भइसक्दा पनि अझै नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुनहरू निर्माण हुन सकिरहेका छैनन् । आवश्यक सञ्चारमैत्री कानुन निर्माणका लागि अझै पनि पैरवी जारी राख्नुपर्ने अवस्था कायम छ । समय समयमा सरकारले जारी गरेका निर्देशन र हालै सम्मानित सर्वोच्च अदालतले दिएको एउटा आदेशले हामीलाई स्वतन्त्रताको मुद्दामा अझै चनाखो भएर उभिनुपर्ने आवश्यकता बोध गराएको छ ।

    एकातर्फ आमसञ्चार नीति २०७३ को कार्यान्वयनका लागि कानुनको अभाव छ, जसले गर्दा सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको जस्तो पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन सकिएको छैन । अर्कोतर्फ कानुनको अभावले गर्दा राज्यका संयन्त्रहरुले पत्रकारितालाई कमजोर बनाउने गरी कदम अगाडि बढाउने गर्दछ । अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रता कुण्ठित हुँदा हाम्रा सबै स्वतन्त्रताहरू जोखिममा परेको र पत्रकारहरु नै सडकमा राजनीतिक मुद्दा बोकेर उत्रनु परेका कैयौँ उदाहरण हामीसँग छन् ।

    तसर्थ, पत्रकारिता क्षेत्रमा प्रयोग हुँदै आएका नवीन आयाम र प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने चुनौती समेतलाई सम्बोधन गर्ने गरी कानुनहरू निर्माण गरेर अगाडि बढ्नुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ ।
    अघिल्लो संसदमा पेस गर्नका लागि बनाइएका कानुनका मस्यौदाहरूलाई परिमार्जन गरेर नयाँ संसद्मा पेस गर्नका लागि सरकारलाई

    दबाब दिँदै हामीले खोजेको जस्तो कानुन निर्माणको सुनिश्चितताका लागि काम गर्नुपर्नेछ । प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको पृष्ठभूमि छ । सञ्चारसँग सम्बन्धित कानुन र मुद्दाहरू सरकार र संसद्को प्राथमिकतामा छैनन् भन्ने तथ्यलाई आत्मसात् गर्दै महासङ्घले आफ्ना रणनीतिहरु निर्माण गर्दै अगाडि बढाइरहेको छ ।

    प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए तापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्नसकेको छैन ।

    अन्त्यमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भीकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न र दृढतापूर्वक उभिने उत्प्रेरणा मिलोस् ।

    (लेखक नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.