• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बरेङमा महिलाको होम डेलिभरी शून्य


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • बागलुङबजार । बागलुङको बरेङमा होम डेलिभरी हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । पालिकाको ठाउँठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा विस्तार गरेसँगै होम डेलिभरी शून्यमा झरेको हो ।

    Advertisement

    गर्भवतीलाई स्वास्थ्य स्वयम्सेविकाले घरघरमै पुगेर सचेत बनाउने, समय समयमा गर्भ परीक्षण गराउनेलगायत काम थालेपछि मातृशिशु मृत्युदर पनि कम भएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताउनुभयो ।

    ‘पहिलेको तुलनामा महिला शिक्षित र सचेत बन्दै गएकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने चेतना वृद्धि भएको छ’ उहाँले भन्नुभयो– ‘हरेक महिना स्वास्थ्य स्वयम्सेविका गर्भवतीको घरमा पुगेर गर्भपरीक्षणबारे जानकारी दिने गरिएको छ ।’

    स्वास्थ्य शाखा प्रमुख पुनले गाउँपालिकाले समय समयमा गर्भवतीलाई स्वास्थ्यसम्बन्धी जनचेतामूलक कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

    ‘पहिलाको जस्तो घरमै सुत्केरी हुने चलन कम हुँदै गएको छ । कहिलेकाहीँ एक/दुई जना स्वास्थ्य संस्थामा आउन ढिला गर्दा घरमै सुत्केरी भएको पाइन्छ’ उहाँले भन्नुभयो– ‘पछिल्लो दुई वर्षयता घरमै सुत्केरी भएको तथ्याङ्क हामीले पाएका छैनौँ । स्वास्थ्य स्वयम्सेविका तथा नर्सिङ कर्मचारी गर्भवतीको घरमा गएर स्वास्थ्य परीक्षण गर्नुहुन्छ । आवश्यकताअनुसार स्वास्थ्य संस्थामा बोलाउनुहुन्छ ।’

    गाउँमा आमा समूहको बैठक हुँदा पनि भर्गवतीको स्वास्थ्य जाँचबारे सचेत गराउने गरिएको पुनको भनाइ छ । स्वास्थ्यचौकीमा भिडियो एक्सरे सुविधा रहेको भन्दै प्रत्येक महिना गर्भको जाँच, आमा र बच्चाको अवस्था बुझ्न भिडियो एक्सरे गराइँदै आइएको उहाँले बताउनुभयो ।

    भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा जटिलता देखियो भने बाहिर अस्पतालमा पठाउन गाउँपालिकाले रु पाँच हजार खर्च दिने गरेको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो । हरेक गर्भवतीलाई बर्थिङ सेन्टरमा आउनेजाने भाडासमेत दिने गरिएको उहाँले बताउनुभयो ।

    दुरीका हिसाबले नजिकलाई रु एक हजारदेखि टाढालाई रु तीन हजारसम्म खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

    बरेङ गाउँपालिकामा पाँचओटा वडा छन् । पाँच वडामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

    हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्यानका लागि स्वास्थ्यचौकी टाढा भएका स्थानीयलाई लक्षित गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

    पाँच स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको उहाँको भनाइ छ । (रासस)

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.