• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जैमिनीका गाउँ गाउँमा पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै


  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
  • कुश्मिशेरा (बागलुङ) । जैमिनी नगरपालिकाले गाउँ गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ ।

    Advertisement

    नगरपालिकाले समय समयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो ।

    दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरू उपचारका लागि अस्पताल वा स्वास्थ्यचौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी उपचार गरिरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

    आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेकाले महिना महिनामा गाउँ पुगेर नि:शुल्क शिविर सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।

    नगरपालिकाले माघमा मात्रै तीनओटा विशेषज्ञ डाक्टरसहितको शिविर सञ्चालन गरेको छ । उपप्रमुख शर्माले माघ पहिलो साता पालिका केन्द्र कुश्मिसेरामा दुई दिने स्वास्थ्य शिविर, दोस्रो साता वडा नं. ७ र ८ का नागरिकलाई लक्षित गरी छिस्तीमा छालारोगसम्बन्धी शिविर सम्पन्न गरेको जानकारी दिनुभयो ।

    आइतबार वडा नं २ र ३ लाई लक्षित गरी दमेक स्वास्थ्यचौकीमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको शर्माको भनाइ थियो । कोही पनि नागरिक आर्थिक अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भने गत वर्षदेखि गाउँ गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो ।

    ‘हरेक नागरिकले सहज रूपमा स्वास्थ्यसेवा पाउनुपर्छ भन्ने उद्देश्यले नगरपालिका लागिपरेको छ । सीमित स्रोतसाधनका बिच पनि हामीले सबै नागरिकलाई शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा दिइरहेका छौँ । सबै ठाउँमा विशेषज्ञ डाक्टर राखेर नियमित सेवा दिन सकिने अवस्था नभएकाले शिविर सञ्चालन गरेका हौँ’ उपप्रमुख शर्माले भन्नुभयो– ‘शिविरमार्फत पालिकाका सबै वडामा पुगेर सेवा दिइरहेका छौँ ।’

    पोखरा, बागलुङलगायतका अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरलाई लिएर गाउँ गाउँमा शिविर सञ्चालन भइरहेको शर्माको भनाइ थियो ।

    उहाँका अनुसार डा ओमकुमार श्रेष्ठ, बालरोग विशेषज्ञ किरण शर्मा, स्त्रीरोग विशेषज्ञ विष्णु पालिखे, फिजिसियन सरोजचन्द्र बराललगायतको टोलीले शिविरमार्फत सेवा दिइरहनुभएको छ ।

    शिविरलाई स्वास्थ्य कार्यालय बागलुङले निरन्तर सहयोग गर्दै आएको शर्माले बताउनुभयो । शिविरमार्फत प्रजनन् स्वास्थ्य, पाठेघरको परीक्षण, भिडियो एक्सेर, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण, बाल रोगलगायत बिरामीको स्वास्थ्य परीक्षण, उपचार र नि:शुल्क औषधि वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    ‘गम्भीर रोगका बिरामीलाई समयमै उपचारका लागि सुझावसमेत दिने गरिएको छ’ उहाँले भन्नुभयो ।

    वडा नं. २ की ७२ वर्षीया लीलादेवी सापकोटाले आफू लामो समय बिरामी रहेको सुनाउँदै गाउँमा डाक्टर आएर सेवा दिएपछि उपचार पाएको बताउनुभयो । वर्षौँ अगाडि पाठेघरको शल्यक्रिया गरेको भन्दै अस्पताल टाढा हुँदा नियमित जाँच गर्न नपाएको उहाँले बताउनुभयो ।

    गाउँमा धेरै बुढाबुढी बिरामी रहेको भन्दै डाक्टरले गाउँमा आएर सहज रूपमा स्वास्थ्य परीक्षण गरी उपचार गरेको सापकोटाको भनाइ थियो ।

    ‘सामान्य रोगको उपचार गाउँका स्वास्थ्यचौकीमा गराउने गरेका थियौँ । जटिल खालको रोग लाग्यो भने बागलुङ, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो’ उहाँले भन्नुभयो– ‘अहिले नगरपालिकाले हाम्रै गाउँमा ठुला डाक्टर लिएर घरमै उपचार सेवा दिँदा समय र खर्चको सदुपयोग भएको छ । स्थानीय सरकारले जनताको भावना बुझ्न थालेको छ ।’

    स्थानीय पशुपति सापकोटाले विशेषज्ञ डाक्टरसहित शिविरमार्फत गाउँका धेरै नागरिक लाभान्वित भएका बताउनुभयो । पहिलेको तुलनामा पछिल्लो समय जैमिनी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै थप दक्षजनशक्तिसहित स्वास्थ्य चौकीमा व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । (रासस)

    सोमबार, माघ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.