• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. वेदकालीन समाज

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

पाकिस्तानको निर्वाचनमा इमरान खानको पार्टीलाई अग्रता


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • काठमाडौं । पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्।

    Advertisement

    शुक्रवार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

    तीमध्ये सबैभन्दा धेरै ७० भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएको बीबीसीले जनाएको छ।

    पीटीआईमाथि देशभरि प्रतिबन्ध लगाइएपछि खान समर्थित उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

    उनीहरूलाई पार्टीको निर्वाचन चिह्न क्रिकेटको ब्याट प्रयोग गर्न पनि निर्वाचन आयोगले रोक लगाएको थियो।

    गत वर्ष स्वैच्छिक निर्वासनबाट फर्किएका अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग (नवाज) पार्टीले स्वतन्त्र उम्मेदवारपछि सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ।

    यो दलले ६० भन्दा धेरै सिटमा जित हासिल गरेको छ। यो पार्टीका प्रमुख नवाज शरिफ लाहोरबाट विजयी भएका छन्।

    यसअघि तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफलाई पाकिस्तानको शक्तिशाली सेनाले साथ दिएको कतिपय विश्लेषकहरूले बताउँदै आएका छन्।

    निर्वाचनको पूरा नतिजा नआउँदै खान र शरीफको दलले आ–आफ्नो जितको दाबी गर्दै आएका छन्।

    मतपरिणाम आउन बाँकी क्षेत्र पाकिस्तानका विभिन्न प्रान्तहरूमा पर्छन्। ती क्षेत्रहरूमा यसअघि शरिफको दलले पकड देखिएको थियो।

    तेस्रो धेरै मत हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले ल्याएको छ। उक्त दलले शुक्रवार साँझसम्म ५० भन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ। जरदारी कम्बर शहादत्तकोट क्षेत्रबाट निर्वाचित भएका छन्।

    विश्लेषकहरूले हालसम्मको मत परिणामका आधारमा कुनै एक पार्टीले बहुमत पाउने प्रस्ट नदेखिएको बताएका छन्।

    त्यहाँको नेसनल असेम्बलीको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ।

    पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्। राष्ट्रियसभा भनिने सङ्घीय संसद्‌सहित प्रान्तीय सभाहरूमा समेत गरेर देशभरि ५,००० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
    बागलुङका प्रहरीलाई बन्यो आवास
    आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • २.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ३.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    • ४.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • ५.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ६.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ७.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ८.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.