• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १४ वर्ष जेल सजाय


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ ।

    Advertisement

    राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो फैसला आएको हो ।

    पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ भने उहाँलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत गरिएको छ ।

    एआरवाई न्यूजका अनुसार बुधबारको सुनुवाईमा पीटीआईका संस्थापक बीबीलाई अदालतमा पेश गरिएको थियो ।

    खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भन्नुभयो, ‘हाम्रो न्यायिक प्रणाली लाई भत्काइँदैछ । यो पाकिस्तानको इतिहासमा अर्को दु:खद दिन हो ।’

    गत अगष्टमा पक्राउ परेदेखि अधिकांश समय हिरासतमा राखिएको जेलभित्र भएको सुनुवाइपछि खानको सजाय लगातार वा सँगसँगै चलिरहने हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन ।

    खानका वकिल सलमान सफदरले पनि एएफपीसँग कुरा गर्दै खान र उहाँकी पत्नी बुशरा बीबीलाई सजाय सुनाइएको पुष्टि गर्नुभएको छ ।

    ‘खान र उहाँकी पत्नी बीबीलाई सजाय सुनाइएको छ । बीबीलाई अहिलेसम्म पक्राउ गरिएको छैन,’ सफदरले भने।

    उहाँहरूको सन् २०१८ मा खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा केही महिनाअघि विवाह भएको थियो ।

    खानले आध्यात्मिक मार्गदर्शनका लागि सम्पर्क गर्दा बीबीलाई भेटेको र उहाँ सार्वजनिक रूपमा विरलै देखिनुहुन्छ ।

    करिब १२ करोड ७० लाख पाकिस्तानीले आगामी बिहीबार हुने चुनावको दिन मतदान गर्न पाउनेछन्, जसमा खान र पीटीआई बहसको केन्द्रमा रहेका छन् ।

    मतदानमा धाँधलीको आरोप लागेको छ, खानलाई भ्रष्टाचारको अघिल्लो अभियोगबाट भाग्नबाट रोक लगाइएको छ र उहाँको पार्टीले व्यापक दमनको सामना गर्नुपरेको छ ।

    सन् २०२२ मा सत्ताच्युत भएयता खानलाई पाकिस्तानका सैन्य योजनाकारविरुद्ध अवहेलनाको अभियान चलाएपछि उहाँलाई पुन: सत्तामा फर्कन नदिन अदालती मुद्दाले गाडेको छ ।

    खानले आफ्नो कार्यकालको अधिकांश समय साझेदारीमा शासन गरेको शक्तिशाली सेनामाथि अमेरिका समर्थित षडयन्त्रमा आफूलाई सत्ताच्युत गरेको आरोप लगाएको थियो ।

    गत वर्षको मे महिनामा खानलाई पहिलो पटक पक्राउ गर्दा देशभर दङ्गा भड्किएको थियो ।

    उहाँको सडक आन्दोलन एक सैन्य दमनद्वारा निस्क्रिय पारिएको थियो जसमा हजारौं पीटीआई समर्थकहरूलाई हिरासतमा लिइएको थियो । जसमध्ये सयौँले बन्द–ढोकाभित्र सैन्य सुनुवाईको सामना गरिरहेका छन् र दर्जनौं वरिष्ठ नेताहरूलाई भूमिगत हुन बाध्य पारिएको छ ।

    ‘हरेक अन्यायको बदला फेब्रुअरी ८ मा आफ्नो भोटबाट लिनुपर्छ’, खानले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा आफ्नो प्रोफाइलमा पोस्ट गरेको सन्देशमा भन्नुभएको छ, ‘तिनीहरूलाई मतदानमार्फत् जवाफ दिनुहोस् हामी लौरोले लखेट्न सकिने भेडा होइनौं ।’

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.