काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकस्थितमा सडक भासिएको छ ।
Advertisement
रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेका बेला सडक भासिएको हो ।
सडक भासिएर गाडी कोल्टो फर्नासाथ यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए । सर्भिस लेनतर्फको सडकमा बसका चक्का गाडिएका छन् ।
माइतीघर–तीनकुने यो सडक ६ वर्षअघि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत ५० करोडको लागतमा बनाएको हो।
देशकै फराकिलो र सुन्दर सडक भनेर चर्चा पाएको उक्त सडकमा बनेको एक वर्षमै खाल्डाखुल्डी पर्न थालेको थियो ।
यसअघि २०७८ कात्तिकमा पनि बानेश्वर चोकनजिकै सिभिल अस्पतालअगाडि सडक भासिएर ठूलो खाल्डो परेको थियो ।