किएभ । रुसले युक्रेन विरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा जनवरी ८, २०२४ सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् ।
Advertisement
युक्रेनको मध्यभागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी सहर खार्किभ र दक्षिणी सहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ ।
पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय प्रशासनले टेलिग्राममा जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार रुसले युक्रेनमा ११ टियु–९५ बमवर्षक विमान र चार मिग–३१ लडाकु विमानमार्फत् आक्रमण गरेको थियो ।
युक्रेनका सैन्य अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले स्थानीय समयअनुसार बिहान ६ बजेदेखि युक्रेनको सम्पूर्ण भागमा हवाई आक्रमणको खतरा रहेको चेतावनी जारी गरिएको जनाएका छन् । (रासस/सिन्ह्वा)