काठमाडौँ । उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Advertisement
२०८० पुस २३ गते सोमबार शपथ समारोह सम्पन्न भएको हो ।
कानुनमन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले शपथ दिलाएका हुन् ।
पुस १८ मा बसेको न्यायपरिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो जसमा जिल्ला अदालतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानुन व्यवसायीबाट नौ जनाको नाम सिफारिस भएको थियो ।