• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।

    Advertisement

    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिनुभएको थियो । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो ।

    सोही समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा सङ्गीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती सहरका स्थानीय नेपाली कलाकारका सांस्कृतिक प्रस्तुति निकै रोचक थिए ।

    त्यसैगरी गायक केशव पौडेल, मुस्कान मगर, जीवन गुरुङ तथा मोडल एवं नृत्य प्रशिक्षक शङ्कर विसी, पार्वती राई र रुपेस उप्रतीको साङ्गीतिक प्रस्तुतिले पनि यहाँ उपस्थित रहेका नेपाली भाषीलाई थप मनोरञ्जन दिएको थियो ।

    कार्यक्रममा पेन्सिलभेनिया राज्यका सांसदहरु प्याटी किम, डेभिड मेड्सेन र जस्टिन फ्लेमिङ्ग एवं यहाँका स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

    सो कार्यक्रमको उद्घाटन गर्दै इन्ट्रा–फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारभरकै नेपाली जातिलाई कला र संस्कृतिका माध्यमबाट एकसूत्रमा बाँध्न सकिने र सांस्कृतिक एकताको अभियान नै चलाएर नेपालीहरुको मनलाई जोड्न सकिने भएकाले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

    सो फाउण्डेसनका निर्देशक ओम गुरुङले नेपाली भाषा, संस्कृति मानेका कारण नै भुटानबाट लखेटिएर आफ्नो पितृभूमि नेपाल पुग्दा शरणार्थी बन्न बाध्य हुनुपरेकाले अमेरिका आएर पनि आफ्नो नेपाली जातीय पहिचानलाई अघि बढाइरहेको जानकारी दिनुभयो ।

    त्यसैगरी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बञ्जाडे र भुटानिज कम्युनिटी इन ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलालेले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गर्नुभयो ।

    नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको सो सांगितीक कार्यक्रममा स्थानीय कलाकारहरुले लोक तथा आधुनिक गीत, टप्पा र साकेला नृत्यसमेत प्रस्तुत गरेर नेपालको पहिचानलाई अमेरिकी नेपालीबीच प्रस्तुत गरेका थिए ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.