काठमाडौं । सधैँ व्यस्त रहने काठमाडौंका सडक खाली र सुनसान देखिएको छ । सरकारले आजदेखि लामो दूरीका सवारी साधन बन्द गर्ने तथा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेसँगै काठमाडौं सुनसान बनेको हो ।
Advertisement
आइतबार मात्रै दुई लाखभन्दा बढी यात्रुले काठमाडौँ छोडेका छन् । उनीहरु बाहिरिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल घटेको छ ।सडक सुनसान देखिन थालेका छन् । होटल, पसल बन्द भएका छन् ।
यद्यपी छोटो दूरीका सवारी साधन फाट्टफुट्ट रुपमा सञ्चालनमा छन् भने अत्यावश्यक सामानका पसलहरु खुला छन् ।
