• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रुपन्देही, गुल्मीसहितका जिल्लामा प्रगतिशील देउसीभैलो जारी, अर्घाखाँचीमा मङ्सिर ७ गतेसम्म


  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानद्वारा सञ्चालित प्रगतिशील देउसीभैलो अझै पनि कतिपय जिल्लामा जारी छ । यता, अर्घाखाँचीमा भने आगामी मङ्सिर ७ गतेसम्म देउसीभैलो चल्ने छ ।

    Advertisement

    पन्ध्रओटा जिल्लामा खेलिएको प्रगतिशील देउसीभैलो कार्यक्रम कैयौँ जिल्लामा आज मङ्सिर १ गते समापन हुँदै छन् भने कतिपय जिल्लामा अझै केही दिन चल्ने आयोजकहरूले जानकारी दिएका छन् ।

    रुपन्देही

    रुपन्देहीमा राजमो केन्द्रीय समितिको आयोजनमा चलिरहेको देउसीभैलो कार्यक्रमको कार्यतालिका मङ्सिर ४ गतेसम्म रहेको छ ।

    वामपन्थी नेता चेतनाथ आचार्यका अनुसार रुपन्देहीमा भैलो कार्यक्रम मङ्सिर ४ गतेसम्म निश्चित गरिएको छ ।

    ‘आज मङ्सिर १ गते शुक्रबार कञ्चन र सैनामैना पालिकामा भैलो चलिरहेको छ’ उहाँले भन्नुभयो– ‘भोलि शनिबार भैलो टोली भैरहवामा पुग्ने छ । त्यहाँ राजमो केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमको नेतृत्वमा प्रगतिशील देउसीभैलो खेलिने छ ।’

    त्यहाँ रक्तिमका पूर्व कोषाध्यक्ष तेजेन्द्र थापाको नेतृत्वमा रक्तिमको टोली परिचालन भइरहेको छ ।

    गुल्मी

    गुल्मीमा राजमो जिल्ला समितिको आयोजनामा रक्तिमका कलाकारसहितको टोलीले भैलो खेलिरहेको छ ।

    राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीका अनुसार त्यहाँ मङ्सिर ३ गतेसम्म भैलो खेल्ने योजना रहेको छ ।

    ‘अहिलेसम्म कालिगण्डकी गाउँपालिकाका साविक खड्ककोट, पुर्तिघाट हुँदै आज मङ्सिर १ गते छापचौर इलाकामा हामी छौँ’ उहाँले भन्नुभयो– ‘अझै केही दिन हाम्रो टोली यतै देउसीभैलो खेल्ने छ ।’

    उहाँले कालिगण्डकीपछि छत्रकोट गाउँपालिका र तमघास बजारमा देउसीभैलो कार्यक्रम पुर्‍याउनेबारे छलफल चलिरहेको जानकारी पनि दिनुभयो ।

    अर्घाखाँची

    अर्घाखाँचीमा भूमिकास्थान र मालारानीका पालिकास्तरीय प्रगतिशील देउसीभैलो कार्यक्रम समापन भएको छ तर आगामी मङ्सिर ५ गतेदेखि ७ गतेसम्म सदरमुकाम सन्धिखर्कमा भैलो खेल्ने तयारी चलिरहेको छ ।

    युगदर्शन संवाददाता वशन्त खड्काका अनुसार एकादशीको अवसर पारेर सन्धिखर्कमा तीन दिनसम्म भैलो खेल्ने गरिन्छ ।

    उहाँका अनुसार राजमो अर्घाखाँचीको नेतृत्वमा रक्तिमका कलाकारसहित सन्धिखर्कमा तीन दिनसम्म भैलो खेलिने छ । यतिखेर राजमो र रक्तिमका जिल्ला समितिले त्यसको तयारी गरिरहेका छन् ।

    प्युठान

    प्युठानको स्वर्गद्वारी नगरपालिकामा पनि अझै केही दिनसम्म प्रगतिशील देउसीभैलो चल्ने भएको छ ।

    राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीका अनुसार त्यहाँ अझै दुई दिन बढी भैलो चल्ने भएको हो ।

    त्यस्तै, मल्लरानी गाउँपालिकामा भने आज भैलो समापन हुने कार्यक्रम रहेको छ ।

    दाङ

    दाङमा राजमोका पालिकास्तरीय भैलो कार्यक्रममध्ये घोराहीमा भोलि मङ्सिर २ गते शनिबार समापन हुँदै छ ।

    जिल्ला अध्यक्ष गणेश आचार्यका अनुसार घोराहीमा भोलि भैलो समापन हुने भएको हो ।

    ‘घोराहीमा राजमो पालिकाको आयोजना चलिरहेको भैलो कार्यक्रम मङ्सिर २ गते समापन हुँदै छ’ उहाँले भन्नुभयो– ‘तुलसीपुर, गढवा र राप्ती गाउँपालिकामा भने भैलो कार्यक्रम समापन भइसकेको छ ।’

    बागलुङ र चितवनमा आज समापन हुँदै

    बागलुङ र चितवन जिल्लामा भने आज भैलो कार्यक्रमको समापन हुँदै छ ।

    चितवनबाट राजमो केन्द्रीय सदस्य डम्मर पुरीका अनुसार त्यहाँ भरतपुर पालिकाको वडा नम्बर १२ मा रक्तिमको सांस्कृतिक प्रस्तुतिसहित

    आज मङ्सिर १ गते शुक्रबार भैलो समापन हुँद छ ।

    यता बागलुङमा निसिखोला, बडीगाड र जैमिनीमा पनि आजै भैलो समापन हुँदै छ ।

    बागलुङ जिल्ला समन्वय समितिको प्रमुखसमेत रहनुभएका राजमो नेता अमर थापाका अनुसार अन्यत्रको भैलो समापन भइसकेको छ भने निसिखोला, बडिगाड र जैमिनी पालिकाका भैलो आज समापन हुँदै छन् ।

    यसअघि काठमाडौँमा कात्तिक २९ गते भैलो समापन भइसकेको छ भने कपिलवस्तु र नवलपुरमा कात्तिक ३० गते भैलो कार्यक्रम समापन भइसकेको छ ।

    त्यसैगरी, बारा, नवलपरासी, पर्वत, सुर्खेतलगायतका जिल्लामा यसअघि नै भैलो समापन भइसकेका छन् ।

    शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.