काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतबाट फर्केने नेपालीको अत्यधिक चाप भएको पश्चिमी सिमानाका गड्डाचौकी मंगलबार बिहानदेखि पूर्ण रुपमा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको सरोकारवालाको बैठकले मंगलबार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत आवतजावत बन्द गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।
यो नाकाबाट नेपाल फर्कनेको संख्या थामिनसक्नु छ । तर, जिल्ला प्रशासन कार्यालयले नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच प्रभावकारी तुल्याइएको उल्लेख गर्दै उनीहरुको विवरण कम्प्युटर प्रणालीमा यद्यावधिक तुल्याउने जनाएको छ।
यस्तै, दैनिक उपभोग्य सामानहरु खाद्य, दुध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको कार्यमा संलग्न यातायात बाहेक अरु सबै पसल, व्यवसाय, उद्योग, कलकारखाना आइतबार मध्यराती देखि बन्द गरिएने छ ।
जिल्ला प्रशासन कार्यालयले बिनाकाम घर बाहिर ननिस्न आग्रह गर्दै सूचनाको बर्खिलाप गरे सुरक्षाकर्मी तथा अधिकारप्राप्त अधिकारीले कानुन बामोजिम कार्वाहि गर्ने चेतावनीसमेत दिएको छ ।
