मोरङ । मोरङको बेलबारी नगरपालिकामा अखिल (छैठौं) को नगर भेला आयोजना गरिएको छ । शनिबार सम्पन्न भेलाले सुर्य रोकाको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कमला खत्री, सचिव अनिल राई, सहसचिव सबिना गुरुङ र कोषाध्यक्ष समीर राई चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा कल्पना लावती, बिशाल खड्का, बिवेक माझी, सन्जोक गजमेर, महेश कार्की, रमिला राई, सुस्मिता राई र अस्मिता राई रहनुभएको छ । दुई स्थान रिक्त राखिएको छ ।
अनेरास्ववियु (छैठौं) का केन्द्रीय सदस्य बबिन बान्तावाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता सुस्मिता राई र सञ्चालन अखिल (छैठौं) १ नं प्रदेश उपाध्यक्ष हर्कबहादुर लावतीले गर्नुभएको थियो ।
कार्यक्रममा राजमो नेता सुरेन्द्र भन्डारी, योगेन्द्र ढकाल , युवक संघका केन्द्रीय सदस्य आशिष जबेगु, शिव फुयाँल, रक्तिम प्रदेश १ का अध्यक्ष पुर्ण राईलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सदस्यता वितरण तथा प्रशिक्षणसमेत सञ्चालन भइरहेको राजमो मोरङले जनाएको छ ।