कञ्चनपुर । राष्ट्रिय जनमोर्चा कञ्चानपुरको अध्यक्षमा रामबहादुर कार्की चयन हुनुभएको छ । सोमबार बेलौरीमा सम्पन्न छैठौं जिल्ला सम्मेलनले कार्कीको अध्यक्षतामा १३ पूर्ण, तीन वैकल्पिक र पाँच सल्लाहकारसहितको समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मञ्जु परियार, सचिव लालबहादुर कुँवर, सहसचिव रङ्गबहादुर चौधरी र कोषाध्यक्षमा पृथ्वी केसी चयन हुनुभएको छ ।
कञ्चनपुरमा संगठन सखाप पार्यौं भन्नेलाई सम्मेलन दह्रो झापड : महासचिव भट्ट
त्यस्तै, सदस्यहरुमा रमा नेपाली, गोविन्द बोहरा, रामलाल चौधरी, वीरबहादुर बोहरा, लक्ष्मी चौधरी, सुशीला नेपाली, नन्दा कुमारी भट्ट र बाबुराम चौधरी तथा वैकल्पिक सदस्यहरुमा रामबहादुर विक, पूर्ण पौडेल र पार्वती चुनारा चयन हुनुभएको छ ।

यस्तै, सम्मेलनले जयबहादुर मल्ल, तारादेवी चौधरी, खुशीराम राना, किसन नेपाली र केशव सुवेदीलाई सल्लाहकार चयन गरेको छ ।
बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुनुअघि बेलौरी बजारमा जुलुश प्रर्दशन गरिएको थियो । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गर्नुभयो ।

अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन समारोहमा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो केन्द्रीय सदस्य मञ्जु परियार, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडू, अखिल नेपाल बुद्धिजीवी संघका तारामणि न्यौपाने र अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष कोपिला कार्कीले सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य बन्धुराम बडायक, जिल्ला अध्यक्ष टेकेन्द्र साह, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का केन्द्रीय सदस्य कमल साहु, प्रदेश संयोजक जनक कुँवर, जातीय समता समाजका केन्द्रीय सदस्य गीता नेपाली, अखिल नेपाल युवक संघका वीरेन्द्र हमाल र राजमो पूर्वजिल्ला कोषाध्यक्ष नुमबहादुर पुनको आतिथ्यता रहेको थियो ।
